सम्बन्धित एयरलाइन्सँग उडानबारे बुझेर मात्रै आउनू
मध्यपूर्व क्षेत्रमा तनाव:हवाई उडान रद्ध भएपछि विमानस्थलमा यात्रुको विचल्ली
काठमाडौं : मध्यपूर्व क्षेत्रमा बढ्दो तनाव र हवाई क्षेत्र प्रतिबन्धका कारण केहि देशका अन्तरराष्ट्रिय उडान रद्द भएपछि त्यसतर्फ जाने यात्रुहरू प्रभावित भएका छन् । दोहा, दुवई कुबेत, अबुधाबी, कतार, दमाम लगायतका विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने उडान रद्द गरिएको छ । जसका कारण टिकट लिएर बिमानस्थल पुगेका यात्रुहरू अलमलमा परेका हुन् ।
खाडी मुलुकमा विशेषगरी नेपालीहरू बैदेशिक रोजगारमा जाने गरेका छन् । उडान रद्द भएपनि यात्रुहरूले आफूहरू समस्यामा परेको बताएका छन् । उडान कहिले खुल्ने भन्ने निश्चित नहुँदा काठमाडौंमा बस्नुपर्ने बाध्यता भएको र आफूहरूसँग खाने बस्ने पैसा समेत नभएको केहि यात्रुहरूले गुनासो गरेका छन् ।
उडान खुल्ने जानकारी आएपछि यात्रुहरूलाई जानकारी गराइने त्रिभुवन बिमानस्थलले जनाएको छ । बिमानस्थलले यात्रुलाई आफ्नो उडानका लागि विमानस्थल जानुभन्दा अगाडि सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरेर मात्र जान आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस !