झापा पुगेर योगेश भट्टराईले भने : ओलीको विजयले देशको स्वाभिमानलाई माथि उठाउँछ


उनले भने, ‘केपी शर्मा ओलीको विजय वा पराजय नेकपा एमालेसँग मात्र जोडिएको छैन, उहाँको विजय वा पराजय यो देशको विजय वा पराजयसँग जोडिन्छ।’

काठमाडौं : नेकपा (एमाले)का उपमहासचिव योगेश कुमार भट्टराईले केपी ओलीको विजय वा पराजय देश र नेपाली जनताको स्वाभिमानसँग प्रत्यक्ष सम्बन्धित विषय भएको बताएका छन्। आइतबार झापा-५ को कमल गाउँपालिका गेउरियामा आयोजित चुनावी कोणसभामा बोल्दै उनले ओलीको विजय भनेको देशको स्वाभिमानलाई माथि उठाउने कुरा भएको बताएका हुन्। 

उनले अनुसार यो विषय नेपाली राष्ट्रियता, स्वाभिमान र नेपालीत्वसँग जोडिएको छ । भट्टराईले भने, ‘केपी ओलीको विजय भनेको यो देशको स्वाभिमानलाई माथि उठाउने कुरा हो, राष्ट्रियतालाई सुदृढ बनाउने कुरा हो र ‘हामी नेपाली हौँ’ भन्ने पहिचानलाई अझ गर्वका साथ उचाल्ने विषय हो।’

उपमहासचिव भट्टराईले वर्तमान अवस्थामा पार्टीका आन्तरिक विषयलाई उठाउने समय नभएको स्पष्ट पारे । अहिलेको आवश्यकता एक ढिक्का भएर पार्टीलाई विजय गराउनुपर्ने उनले जोड दिए ।null

भट्टराईले नेपालका कम्युनिष्टहरूका लागि झापा अति पवित्रस्थल रहेको बताए। झापामा एमालेको जीत सिंगो कम्युनिष्ट आन्दोलनको जितसँग जोडिएको विषय भएको उल्लेख गरे । उनले भने, ‘केपी शर्मा ओलीको विजय वा पराजय नेकपा एमालेसँग मात्र जोडिएको छैन, उहाँको विजय वा पराजय यो देशको विजय वा पराजयसँग जोडिन्छ।’

पार्टीभित्र कोही संगठन सञ्चालनको जिम्मेवारीमा, कोही संसदमा र कोही स्थानीय तहमा रहेर काम गरिरहेको उल्लेख गर्दै उनले यस विषयलाई लिएर अनावश्यक चर्चा–परिचर्चा गर्न आवश्यक नरहेको बताए। पार्टीका सबै नेता–कार्यकर्ताले आ–आफ्नो स्थानमा रहेर जिम्मेवारी निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.