नव जनजागृति अझै पहिलो जितको खोजीमा, आर्मीको पाँचौं जित
काठमाडौं : एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत त्रिभुवन आर्मी क्लबले नव जनजागृति क्लबलाई ३-० ले पराजित गरेको छ । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको खेलमा आर्मीले राष्ट्रिय लिगमा पाँचौं जित दर्ता गरेको हो ।
नव जनजागृतिले भने हालसम्म पहिलो जित पनि दर्ता गर्न सकेको छैन । आर्मीले पहिलो हाफमा १ गोल गर्दै अग्रता बनाएको थियो । दोस्रो हाफमा थप २ गोल गर्दै आर्मीले ३–० को जित दर्ता गरेको हो । आर्मीको लागि खेलको नवौं मिनेटमा जर्ज प्रिन्स कार्कीले गोल गर्दै पहिलो हाफमा १–० को अग्रता बनाएका थिए ।
दोस्रो हाफमा खेलको ५४ औं मिनेटमा नवयुग श्रेष्ठले टिमका लागि दोस्रो गोल गरे । आर्मीको लागि तेस्रो गोल कुनसाङ लामाले ७५ औं मिनेटमा गरे । आर्मीले ८ खेलबाट ५ जित १ हार र २ बराबरीसहित १७ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । आजको दोस्रो खेल न्यूरोड टिम (एनआरटी) र चित्लाङ एफसीबीच हुँदैछ । आजको तेस्रो खेल मनाङ मस्र्याङ्दी क्लब र प्लानिङ ब्वाइज युनाइटेडबीच हुनेछ ।
प्रतिक्रिया दिनुहोस !