श्रीलंकाका प्रमुख प्रशिक्षक सनाथ जयसुरियाले राजीनामा दिने

श्रीलंकाका प्रमुख प्रशिक्षक सनाथ जयसुरियाले राजीनामा दिने
सुन्नुहोस्

काठमाडौं : श्रीलंकन पुरुष क्रिकेट टिमका प्रमुख प्रशिक्षक सनाथ जयसुरियाले आफ्नो पदबाट राजीनामा दिने बताएका छन् । आइसीसी टी–२० विश्वकप २०२६ को सुपर–८ अन्तर्गतको खेलमा पाकिस्तानसँग पराजित भएपछि उनले पद छोड्ने घोषणा गरेका हुन् ।

सहआयोजकको रुपमा घरेलु मैदानमा विश्वकप खेल्ने अवसर पाएको श्रीलंकाले अपेक्षा अनुरुप प्रदर्शन गर्न नसकेपछि उनले पदबाट राजीनामा दिने निर्णय लिएका हुन् । सुपर–८ अन्तर्गत सबै खेल हार्दै श्रीलंकाले विश्वकपको यात्रा सकेको हो । समूह चरणमा समूह ‘बी’ को उपविजेताको रुपमा सुपर–८ पुगेको श्रीलंका चोटले थिलोथिलो भएको थियो । प्रशिक्षक जयसुरियाले हालसम्म श्रीलंकन क्रिकेट बोर्ड (एसएलसी) लाई आधिकारिक रुपमा जानकारी भने गराएका छैनन् । 

उनले पाकिस्तानसँग ५ रनले हारेपछि पोष्ट म्याचमा बोल्दै भने, ‘मलाई लाग्छ, मेरो जिम्मेवारी अब अरुलाई दिँदा ठिक हुन्छ ।’ उनले इङल्याण्डको सिरिजपश्चात नै आफ्नो प्रशिक्षकको रुपमा लामो समय टिमसँग बस्न नहुने अनुभव गरिसकेका थिए । उनले भने, ‘मैले विश्वकपमा राम्रो प्रदर्शनसहित प्रशिक्षकको रुपमा सुखद बिदाई गर्छु भन्ने सोचेको थिएँ तर यस्तो भएन ।’ 

प्रमुख प्रशिक्षकको रुपमा जयसुरियाको सम्झौता आगामी जुनसम्म रहेको थियो । तर उनले भने, ‘मैले प्रमुख प्रशिक्षकको रुपमा राजीनामा दिन चाहेको भन्ने कुरा श्रीलंकन क्रिकेट बोर्डलाई थाहा छैन । मैले यस्तो भन्छु भन्ने पनि उहाँहरुलाई थाहा थिएन । म अब उहाँहरुसँग कुरा गर्छु । यदि उहाँहरुले राम्रो प्रशिक्षक भेटेमा म राजीनामा दिनेछु ।’

उनले प्रशिक्षकको रुपमा  टिमले समर्थकको अपेक्षा अनुरुप खेल्न नसकेको भन्दै, श्रीलंकाका समर्थकहरु माझ माफी मागेका छन् । ‘हाम्रो समर्थकले हामीलाई सेमिफाइनलमा हेर्न चाहन्थे । हामीले घरेलु मैदानमा त्यो नतिजा दिन नसकेकोमा म आफैं पनि दुःखी छु । म समर्थकहरुसँग माफी माग्न चाहन्छु ।’ जयसुरियाले २०२४ को विश्वकपपछि श्रीलंकाको राष्ट्रिय टिम सम्हालिरहेका थिए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.