एनआरटीले चित्लाङलाई हरायो
काठमाडौं : एन्फा राष्ट्रिय लिग–२०८२ मा न्यूरोड टिम (एनआरटी) ले चित्लाङ फुटबल क्लबलाई २–१ ले हराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा चित्लाङलाई हराउँदै एनआरटीले लिगमा पाँचौं जित दर्ता गरेको हो ।
पहिलो हाफमा १–१ बराबरी हुँदा दोस्रो हाफमा एनआरटीले १ गोल थपेको हो । खेलको १० औं मिनेटमा राजीव लोप्चनले एनआरटीको लागि पहिलो गोल गरे । १–० ले अग्रता बनाएको एनआरटीले ३७ औं मिनेटमा आत्मघाती गोल बेहोर्यो । आत्मघाती गोलमार्फत खेल १–१ बराबरीमा आएको थियो ।
खेलको ५४ औं मिनेटमा तिमोथी ओकेरेकेले एनआरटीको लागि दोस्रो र निर्णायक गोल गरे । यो एनआरटीको नवौं खेल थियो । ९ खेलमा ५ जित, ३ बराबरी र १ हार बेहोरेको एनआरटीले १८ अंक जोडेको छ । चित्लाङको भने यो आठौं लिग खेल थियो । हालसम्म १ मात्र जित निकालेको चित्लाङले ४ बराबरी र ३ हार बेहोरेको छ । आजको पहिलो खेलमा आर्मीले नव जनजागृतिलाई ३–० ले हराएको थियो । आजको अन्तिम खेल मनाङ मस्र्याङ्दी र प्लानिङ ब्वाइज युनाइटेडबीच हुनेछ ।
प्रतिक्रिया दिनुहोस !