अपराजित दक्षिण अफ्रिकाले सेमिफाइनलमा न्युजिल्यान्डसँग खेल्ने

अपराजित दक्षिण अफ्रिकाले सेमिफाइनलमा न्युजिल्यान्डसँग खेल्ने

काठमाडौं : आइसिसी टी२० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको समूह ‘ए’ को खेलमा दक्षिण अफ्रिकाले जिम्बाब्वेलाई ५ विकेटले पराजित गरेको छ।

जिम्बाब्वेलाई पराजित गरेसँगै दक्षिण अफ्रिका समूह ‘ए’ को विजेताको रूपमा सेमिफाइनल खेल्नेछ। दक्षिण अफ्रिकाले सेमिफाइनलमा समूह बीको उपविजेता रहेको न्युजिल्यान्डसँग खेल्नेछ।

दिल्लीको अरुण जेट्ली स्टेडियममा टस जितेर पहिलो ब्याटिङ गरेको जिम्बाब्वेले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५३ रन बनाएको थियो। जिम्बाब्वेले दिएको १५४ रनको विजय लक्ष्य पछाएको दक्षिण अफ्रिकाले १७.५ ओभरमा पाँच विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो।

दक्षिण अफ्रिकाका लागि डेवाल्ड ब्रेभिसले सर्वाधिक ४२ रन बनाए। उनले १८ बलमा दुई चौका र चार छक्का प्रहार गरे। ओपनरद्वय सस्तैमा पेवेलियन फर्किँदा वान डाउन आएका र्यान रेकेल्टनले ३१ रन र डेविड मिलरले २२ रन बनाए। त्रिस्टन स्टुप्स २१ र जर्ज लिन्डे ३० रनमा अविजित रहे। जिम्बाब्वेका लागि बलिङतर्फ सिकन्दर राजाले सर्वाधिक ३ विकेट लिए। ब्लेसिङ मुजरबानी र ब्राड इभान्सले १-१ विकेट लिए।

त्यसअघि, ब्याटिङ गरेको जिम्बाब्वेका लागि कप्तान सिकन्दर राजाले ७३ रनको पारी खेलेका थिए उनले ४३ बलमा ८ चौका र चार छक्का प्रहार गरे। ओपनर बेरिन बेनेथले १५ रन बनाए। ‌डियोन मेयर्सले ११ रन बनाउँदा क्लिभ मन्डान्डे २६ रनमा अभिजित रहे। त्यसबाहेकका कुनै पनि ब्याटरले दोहोरो अङ्कको रन बनाउन सकेनन्। 

दक्षिण अफ्रिकाका लागि बलिङतर्फ क्युना माफाका र कोर्बिन बोस्चले समान २-२ विकेट लिए। जर्ज लिङ्डे, लुङ्गी एन्गिडी र एनरिच नर्थेजले १-१ विकेट लिए। समूह ‘बी’ बाट इङ्ल्यान्ड र न्युजिल्यान्डले सेमिफाइनल खेल्दैछन् । इङ्ल्यान्ड समूह विजेताको रुपमा समूह ‘ए’ को उपविजेतासँग सेमिफाइनल खेल्नेछ।  

भने समूह ‘ए’ को विजेता रहेको दक्षिण अफ्रिकाले न्युजिल्यान्डसँग खेल्ने पक्का भएको हो। समूह ‘ए’ को उपविजेता भने भारत र वेस्ट इन्डिज बीचको खेलको विजेता हुनेछ। यो खेलको विजेता टोली सेमिफाइनल खेल्नेछ भने हार्ने टोलीको विश्वकपको यात्रा सकिनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.