झन बढ्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?
काठमाडौं : नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ । नेपाली बजारमा सोमबार सुनको भाउ एकै दिन पाँच हजार ६ सयले बढेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।
मूल्य बढेसँगै आज सुनको भाउ तोलाको तीन लाख २६ हजार एक सय पुगेको छ । हिजो पनि सुनको मूल्य तोलामा ५६ सय रुपैयाँ नै बढेको थियो । हिजो सुनको भाउ तोलाको तीन लाख २० हजार पाँचसय रुपैयाँ थियो ।
दुई दिनमा सुनको भाउ तोलामा ११ हजार २ सय रुपैयाँ बढेको छ । गत साताको सोमबारदेखि बिहीबारसम्ममा १० हजार सात सय बढेको सुनको मूल्य गएको शुक्रबार भने प्रतितोला ५ सय रुपैयाँ घटेर तीन लाख १४ हजार नौसय रुपैयाँमा झरेको थियो ।
गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो । नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो ।
आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ बढेको छ । मूल्य बढेर चाँदीको भाउ आज तोलाको ६ हजार २० पुगेको छ । हिजो चाँदीको भाउ तोलामा २५४ रुपैयाँ बढेको थियो । गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो । चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो ।
प्रतिक्रिया दिनुहोस !