परबल खेतीले तान्यो वन, चुनावले तानेन मन

परबल खेतीले तान्यो वन, चुनावले तानेन मन

बर्दिबास (महोत्तरी) : गाउँमा उम्मेदवार र नेताको लस्कर लागेको छ। हजारौं किसान मतदाता भने जंगलमा छन्। देशमा चुनावी माहोल तातिएको बेला, महोत्तरीसहित मधेसका चुरेक्षेत्रका गाउँ—बस्तीका मतदाताहरू भने जंगलमा भेटिन्छन्, परबल खेतीका लागि पत्कर(स्याउला) बढार्न कमिलाझैं वनमा हजारौं किसानको ताँती नै लाग्ने गरेको छ। कर्णालीमा यार्सागुम्बा संकलनकै झल्को दिन्छन् वनमा पुग्दा पहँलेरपुर सखुवाको पात ‘सुन’ले।

सखुवाको पहेँलपुर पात। सेकेन्डमै हररर झर्छ भुइँमा। किसानहरू पत्कर संकलन गर्छन्। खेतमा ओछ्याउँछन्, जहाँ सुनौलो सखुवाको पातमा फल्छ मनग्य परबल। परबल किसानका लागि सुनौलो रंगको सुनभन्दा कम मूल्यको छैन। परबल खेतीबाट महोत्तरीका किसानहरू लाखौं दाम कमाउँछन्, परिवारको जीवन चलाउँछन्, भविष्यलाई सुनौलो बनाउँछन्। फागुन २१ का लागि निर्धारित प्रतिनिधिसभाको चुनावी रौनकभन्दा चुरे वनमा पत्कर संकलन गर्ने मतदाता किसानको चहलपहल छ। उनीहरू खेतीको काम गर्दै इमानदार, भ्रष्टाचार रोक्ने र किसानलाई मल, सिँचाइ दिने उम्मेदवारलाई मतदान गर्न वनमा कुराकानी गरिरहेका भेटिन्छन्।

बिर्खबहादुरको बुद्धि—भ्रष्टाचारलाई जेल्नेलाई भोट

बर्दिबास नगरपालिका—५ गढन्ताका बिर्खलाल स्यांग्वाको गाउँभरि नै परबल खेती हुन्छ। ‘यति गर्दा मात्रै मज्जाले परबल फल्छ। पतकर ओछ्याएन भने फल्दै फल्दैन,’ उनी सुनाउँछन्, ‘जंगलको पातमा औषधीय गुण छ। नेतामा पनि जनतासँग भोट लिएर जितेपछि गुण लगाउनुपर्ने हो त्यो चाहिँ छैन। नेताभन्दा जंगलको पातको माया धेरै लाग्छो हौं।’ ओछ्याएको पात सड्यो भने भदौरे भलरीमा मल बन्छ, सुकेको अवस्थामा परबलको ड्सनाजस्तै बन्छ ! ’

गढन्ता परबलको पकेट क्षेत्र हो। वैशाखदेखि कात्तिकसम्म परबल खेती चल्छ। उनले ८ कट्टा खेती लगाउँछन्। ‘अनि अब त चुनाव पनि आउँदैछ, थाहा छ तपाईंलाई ? ’ भन्ने प्रश्नमा उनी धेरै दिक्क अनि थोरै आशासहितको प्रतिक्रिया दिए। नेताको व्यवहारले मतदाताहरू आक्रोशित छन् भन्ने भाव क्यामराले उनको अनुसार एक्सेरे गर्दा पत्ता लगाउन किठन भएन।

उनले थपे, ‘हाम्रा लागि के चुनाव ? काम गरे, खेती लगाए मुखमा माड लाग्छ। नेता के गर्दै छ, कहाँ हिँड्दैछ, हामीलाई थाहा हुँदैन। चुनाव आएपछि किसान, मजदुरको खोजी हुन्छ। त्यसअघि मतलब हुँदैन।’
बिर्खलालले पीडा पोख्दा वनका रुखले पहेँलपुर पात हरर झार्दै स्वागत रे, ‘सुशासन ल्याउन सबै बोल्नु पर्छ देशमा।’ फागु पर्व पनि नजिएको बिर्खले चर्चा गरे। बिर्खले भोट पनि हाल्नेछ, फागु पर्वमा पनि रमाउने तयारीमा छन्। तर, नेता कस्तो चुन्ने बारे उनी स्पष्ट छन्।

‘कस्तो नेता चाहियो तपाईंलाई ?’ प्रश्नमा बिर्खलालले आफ्नो बुद्धिको बिर्को खोले। र आशाका त्यान्द्रो बुन्दै थपे, ‘अब देशमा भ्रष्टाचार अति भयो। अब यस्तो नहोस्। भ्रष्टाचार रोक्ने नेता जनता र देश दुवैलाई चाहिएको छ।’ देशमा धेरै भ्रष्टाचार भएको बताउँदै उनले थपे, ‘घुसखोरी नभएको भए हामी किसानको खेतमा सिँचाइँ, मल, बिउ सबै पुग्थ्यो। भोट लिन सबै सुविधा अब घरघरमा भन्छन् नेताहरू जिते पनि गाउँमा एउटा धारा नै ल्याउन सक्दैन। यो सबै भ्रष्ट नीति र नेताकै कारणले भयो।’ विकासै नगरेको होइन् तर किसान जनतालाई फाइदा पुग्नेभन्दा आफ्नो कार्यकर्तालाई कमिसन आउनेतिर बजेट खन्याउने गरेको उनी सुनाउँछन्।

बिर्खबहादुरजस्तो पीडा आम भुइँमान्छेको छ। जसको सम्बोध भए मात्रै देशमा नवयुग सुरु हुन्छ। वनको वृक्ष र परबलको लत्तिले काँचुली फेर्ने तयारी गरेको छ। यता फागनु २१ को चुनावले देशको मुहार फेरोस् भने आशा बिर्खजस्ता किसान मतदाताको छ। उनी भन्छन्, ‘हाम्रो पसिनाको कर खानेलाई खोजी खाजी जेल हालेको हेर्ने मन छ। जितेर यस्तो काम सुरु गर्ने उम्मेदवारलाई सबैले भोट दिनुपर्छ। नत्र देश कहिले बन्दैन।’

जहाँ चुनावी माहोल अलि फिक्का अनि जंगलको वातावरणमा रमिएका छन् महोत्तरीका मतदाता किसानहरू। तर, चुनावी अड्डान र माग पढेलेखेका भन्दा कम तगडा छैन। महोत्तरीको चुरिया क्षेत्रका बस्तीहरूमा मतदातहरूभन्दा भोट माग्ने उम्मेदवार, नेता र कार्यकर्ताहरूको भीडभाड देखिन्छ। तर, खास मतदाताहरूको भने बस्तीमा भन्दा जंगलतिर ताँती नै लागेको पाइन्छ। जहाँ नेता र उम्मेदवार पुगेकै छैनन्। परबल खेतमा पत्कर ओछ्याउनका लागि किसान मतदाताहरू वनमा सुकेको पातपतिंगर सोहोर्न व्यस्त छन्। बर्दिबास नगरपालिका–५ का वडाध्यक्ष कहारमान स्वांग्वाका अनुसार अरू बेला सुनसान हुने महोत्तरीको उत्तरी क्षेत्र गौरीबास, माइस्थान, टुटेश्वर गढन्ता, चेरु, बरडाँडा, खयरमारा, लक्ष्मीनियाँ, बर्दिबास, रामनगरलगायत दर्जनौं गाउँमा हजारौं किसान मतदाताहरूको जंगलमा बाक्लो चहल पहल छ।

जहाँ सेकेन्डपिच्छे हरर सुन खस्छ !
आहा ! घना चुरिया जंगल— सरकार लागि राजस्वको स्रोत। वन्यजन्तुका लागि बासस्थल। तराईवासीका लागि पानीको भण्डार। अनि प्रकृतिका लागि शृंगार। यही जंगलको पातपङ्गर किसानका लागि भने हीराको खानी बनेको छ। माइस्थानका बिर्खजस्ताको जीवनमा फागुन २१ को प्रतिनिधिसभाको चुनावको चटारोभन्दा सेकेन्ड फिच्छे रुखबाट हरर... झरिरहेको सुकेको पातले अर्थ राखेको छ।

‘हाम्रो लागि अहिले चुनावभन्दा परबल खेतीका लागि पातकर साहोर्ने चटारो छ। खेतीले वर्षभरि खान दिन्छ। नेताको भाषण सुन्ने फुर्सद छैन। भोट हाल्ने बेलामा हालिन्छ। विकास गर्ने नेता चुनिन्छ। भ्रष्टाचार न्यूनीकरण हुनुपर्छ। भोटले हामीलई नोट आउँदैन, आउनु पनि हुँदैन,’ उनी सुनाउँछन्, ‘अरूका लागि जंगलको पात फोहोर होला तर, हाम्रा लागि यो पात नै सुनको खानीजस्तो हो। परबल खेतमा यो पात ओछ्याएपछि माटोमा चिस्यान हुन्छ। घासपात उम्रिदैन। पतकरमाथि परबलको थाग्रो फैलिएर मनग्य फल्छ। त्यही बेचेर मोहार आउँछ। ’

गाउँमा को उम्मेदवार आउँछन्, जान्छन् जंगलमा भएका किसान मतदाताहरू पत्तो छैन। किसानहरूको ध्यान पुरापुर जंगलमा छ। चुरिया क्षेत्रको भूमि परबल खेतीका लागि रामवान अनि उर्जबर भूमि छन्। यहाँको परबल भारतका बजारमा पुग्छन्, काठमाडौं सहरमा बिक्छन्। त्यही इतिहास फेरि रचन किसानहरू पातकर संकलन गर्दैन् जंगलमा।

‘चुनाव लागेर के गर्नु ?
जंगलमा पस्दा कोही साकलमा, त कोही साइलकमा साधन नहुने टाउकोकै पातकर संकलन गरेर ढुवानी गरिरहेका भेटिन्छन्। ज ८ प ३९१७ नम्बरको मोटरसाइकलमा भीमकाय बोरामा बोकेर गाउँतर्फ लागेका ढुंग्रेका मेघबहार थापा बाटोमा भेटिए। उनलाई पनि परबल खेती व्यवस्थानकै चटारो छ। तर, चुनावलाई उनले भने नजिकबाट हेरिरहेका छन्, मनथन गरिरहेका छन्। ‘गाउँमा नेताहरू चुनावको नारा लगाइरहेको। हुरुरु नेताहरू हिरिहेको छ , रमाइलो छ,’ उनी भन्छन्, ‘चुनाव लागेर के गर्नु , यतिखेर पात संकलन गरिएन भने भात खानै पुग्दैन।’ आउँदो जेठबाट परबलबाट आम्दानी लिने उनको तयारी छ।

‘अनि कस्तो उम्मेदवारलाई भोट दिने मन छ नि’ प्रश्नमा उनले भने, ‘अब राम्रो, इमानदार को हुन्छ, त्यस्तैतिर हाम्रो भोट जान्छ। सबैलाई राम्रो गर्ने मान्छेको खोजीमा छौं,’ उनी भन्छन्, ‘हाम्रो गाउँको ठूलो समस्या भनेको सिँचाइको व्यवस्था नहुनु नै हो। खेती गर्ने मान्छेलाई समस्या छ। हुनेको त बिघौं परबल खेती छ। हुन्छ, लाखौं आम्दानी। मेरो थोरै छ, जीवन चलाउन जीविकोपार्जन गर्न पुग्छ। सिँचाइ र मल भयो भने मज्जाले खेती हुन्छ, त्यही छैन।’

मेघबहादुरको नजिकैबाट जंगलाबाट गाउँतिर दुई महिला टाउकोमा पत्करको भारी बोकेर लम्किँदै छ। उनीहरूलाई निकै तिर्घा लागेको छ। नाम सोद्धा उननीहरू नाम बताएन तर कथा सुनाए जिन्दगीको ‘भारी बोक्ने बेलामा के नाम बताउँ। अहिले भारी बोके भने भोलि परबल खेतीबाट पैसा आउँछ। तरकारी खान हुन्छ।’ साडी लगाएरकी महिलाल हाँस्दै भनिन्। अर्की एकजना दिदीले म्यादी प्रहरीकै डे«स लगाएकी थिइन्। ‘ऊ माथि जानु छ भारी बेकेर,’ भनिन्। उनैलाई अर्को प्रश्न ग¥यौं, ‘पहिला म्यादी प्रहरीमा हुनुहुन्थ्यो ? हाँस्दै उत्तर दिइन्, ‘भाइ चैं म्यादी प्रहरीमा थिए, उसले यो लुगा दिनुभयो।’

‘चुनावको माहोल ठीक छ’
युवा शरीर। किसानी अघात प्रेम। श्याम मगरको जीवनले यस्तै खबर सुनाउँछ बीच जंगलमा। खुट्टामा चप्पल। टाउकोमा नाम्लो। अनि त्यसमा अडिएको छ पातको भारी। त्यही भारीमा लुकेको उनको परिवारको आर्थिक समृद्धि। कन्चटबाट तुरुरु बग्दै गरेको पसिना। त्यही अमिलो पसिनाले बुझाउँ पौरखी किसान श्यामको कडा परि श्रम। अनि सुनाउँछ नेपाल कृषिप्रधान देशको गज्जबको कथा। चुनावमा भोट लिएर जितको इतिहास लेख्न उनका गाउँमा नेताहरूको लस्कर छ। तर, उनीलाई चुनावभन्दा खेतीकिसानी चटारो छ।

परबल खेतीका लागि स्याउला बटुलन श्यामलाई भ्याइनभ्याइ छ। नेताहरूलाई भोट संकलनको हतारो छ। जंगलकै बाटोबाट नेताहरू नारा घनकाउँदै जान्छन्। उनी सुन्छन्, हेर्छन् तर उनलाई स्याउला संकलनमै ध्यान हुन्छ। उनको चार कठ्ठा परबल खेती छ। वार्षिक लाख रुपैयाँकोको परबल बिक्री गर्छन् उनले। त्यसलै उनलाई चुनावभन्दा बढी चिन्ता परबल खेतीकै छ। उनी भन्छन्, ‘चुनाव गाउँमा लाग्यो। चुनावको माहोल ठीकै छ। जसले राम्रो गर्छ, गरेको छ त्यसैलाई भोट दिने।’ जंगल बचाउनु पर्ने बताउँदै उनी थप्छन्, ‘जंंगलले थब थोक दिन्छ। स्वस्थ हाव अनि खेती किसानका लागि हामीलाई पात दिन्छ। घर बनाउन काठ अनि तराईवासीलाई पिउने र खेती गर्ने पानीको भण्डार त जंगलै हो। ’

वन जोगाउनेलाई मत
हातमा खरहरा(ठूलो कुच्चो )। अनि टाउमा गाम्छा। परबल खेती फस्टाउने उनमा तीव्र इच्छा र आशा छ। उता गाउँमा चुनावी रौनक यता गंगाकुमारी थापा मगरलाई स्याउला संकलन गर्ने चाटारो छ। उनको पाँ कठ्ठा जति परबल खेती छ। जेठपछि हप्तकै ६–७ हजार आउने छ खेतीबाट। यसले मज्जाले चुलो बल्छ, परिवार चल्छ। छोराछोरीको पढाइ अनि बिरामी हुँदा दबाइ खेतीबाटै जोरजाम हुन्छ। उनले भनिन्, ‘वनले निःशुल्क पतकर संकलन गर्न दिन्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.