रानी आँखा अस्पतालद्वारा दैनिक ३ जनाको निःशुल्क मोतिबिन्दु उपचार
विराटनगर : रानी आँखा अस्पतालले सामाजिक दैनिक तीन जना ज्येष्ठ, असहाय तथा विपन्न व्यक्तिको निःशुल्क मोतिबिन्दुको उपचार गर्ने भएको छ।
अस्पतालको प्रशासन विभाग प्रमुख प्रतीक्षा बास्तोलाका अनुसार आर्थिक अभावका कारण कोही पनि दृष्टिविहीन भएर बस्न नपरोस् भन्ने उद्देश्यले यो सेवा सुरु गरिएको हो।
अस्पतालले लक्षित वर्गका बिरामीहरूलाई छनोट गरी हरेक दिन शल्यक्रिया सहितको निःशुल्क उपचार प्रदान गर्ने बास्तोलाले जानकारी दिइन्।
अस्पतालको यस कदमले आर्थिक रूपमा कमजोर रहेका र उपचारको पहुँच बाहिर रहेका नागरिकहरूलाई ठूलो राहत पुग्ने विश्वास लिइएको छ।
प्रतिक्रिया दिनुहोस !