इरानमाथिको आक्रमणलाई लिएर आलोचना गर्नेमाथि ट्रम्पको आक्रोश

इरानमाथिको आक्रमणलाई लिएर आलोचना गर्नेमाथि ट्रम्पको आक्रोश
सुन्नुहोस्

काठमाडाैं : अमेरिका राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमा सैन्य आक्रमण गर्ने आफ्नो निर्णयको निन्दा गर्ने डेमोक्रेट नेताहरूको कडा आलोचना गरेका छन्। उनले विपक्षीहरूले राजनीतिक कारणले मात्र यस अभियानको विरोध गरिरहेको आरोप लगाए।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मा लेखेका छन्, पूर्ण रूपमा बाटो बिराएको पार्टी, उग्र वामपन्थी डेमोक्रेटहरूले अमेरिका र इजरायलद्वारा इरानमा गरिएको अत्यन्त आवश्यक र महत्त्वपूर्ण आक्रमणको बारेमा तितो गुनासो गरिरहेका छन्। धेरै मानिसहरूले के बुझेका छन् भने, उनीहरूले यो गुनासो 'मैले गरेको हुनाले' मात्र गरिरहेका हुन् यदि मैले यो नगरेको भए उनीहरू नै 'किन ट्रम्पले इरानमा आक्रमण गरेनन्, उनले तुरुन्तै यो गर्नुपर्थ्यो' भन्दै कराउने थिए।'

राष्ट्रपतिले अगाडि लेखे, 'वास्तविकता के हो भने, मैले जे गरे पनि उनीहरू त्यसको उल्टो पक्षमा उभिनेछन्। यी मानिसहरू बिरामी, पागल र विक्षिप्त छन्, तर ती सबैका बाबजुद अमेरिका अहिले पहिलेभन्दा ठूलो, राम्रो र बलियो भएको छ।'

इरानका सर्वोच्च नेता आयतोल्लाह अली हुसेनी खामेनीको ज्यान जाने गरी अमेरिका र इजरायलले गरेको आक्रमणपछि सोमबार ह्वाइट हाउस फर्कएका ट्रम्पले अमेरिकाले इरानको 'धज्जी उडाइरहेको' बताए। साथै उनले 'ठूलो लहर' आउन अझै बाँकी रहेको चेतावनी समेत दिए । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.