होलीमा स्वास्थ्य

होलीमा स्वास्थ्य
सुन्नुहोस्

प्राचीनकालमा फूल र रुखबाट प्राप्त रंग प्रयोग हुँन्थ्यो । शरीरलाई हानि गर्दैनथ्यो। हाल कृत्रिम रंगको बोलवाला छ। रसायन मिसाइएका रंग फोक्सो, छाला, आँखा, नाक, कान, घा“टी, कपालका लागि हानिकारक हुँन्छन्। त्यस्तै, लोला प्रहारले आँखामाक्षति, दृष्टि गुम्ने, कानको पर्दा च्याथिने, संक्रमण हुँने, छालाको माथिल्लो तहमाक्षति प¬ग्ने र कान तथा संवेदनशील अंगहरूमा लाग्दा घाइते, बेहोस र मृत्यृ पनि हुँन सक्छ। मदिरा, भाङजस्ता नसालु पदार्थ सेवनसँगै होली खेल्दा जोसले हेक्का नै नभई रंग आँखा, नाक, मुख हुँदै शरीरभित्र पस्न सक्छ। सासनली, मुटु, मिर्गाेलाजस्ता संवेदनशील अंगमा गएर टाँसिन्छन्।

रंग पेस्ट, ड्राई पाउडर र पानीवाला गरी ३ श्रेणीका हुँन्छन्। रंगलाई तेलमा मिसायर छालामा लगाउँदा झनै समस्या बढ्छ। धेरैजसो अजैविक सुक्खा रंग वा अबिरमा हुँने दुवै तत्व रंग दिने कलरेन्ट र अस्वेस्टस वा सिलिका दुवै स्वास्थ्यका लागि जोखिम हुन्छन्। कलरेन्ट पनि विषाक्त हुन सक्छ तर अस्वेस्टसले कयान्सर बनाउने र सिलिकाले छालालाई असर गर्ने तथ्य सर्वविदितै छ। होलीका रंगले पक्षघातको जोखिम र मुख तथा छालाबाट शरीरमा प्रवेश गरी लामो समयसम्म शरीरमा रहे रक्त क्यान्सरसमेत लाग्न सक्छ।

रंगमा माइका, अभ्रक, बालुवा, खुर्सानी तथा अखाद्य रंग र बस्तु मिसाइँदा रंग दिन प्रतिदिन खतरा र हानिकारक भइरहेका छन्। धेरै दल्दा सुन्दरतामा असर परी सुन्दरता नै गुम्न सक्दछ। त्यसैमा रसायन मिसिएका रंगमा हुने हानिकारक तत्वहरूले विभिन्न छाला, आँखा सम्बन्धित अल्पकालीन तथा दीर्घकालीन समस्या र रोगहरू लाग्न सक्छ। छाला शरीरको रक्षाकवच भएकाले बाहिरी रसायनलाई रगतमा जान रोक्छ। तसर्थ, छालामा घाउ भएका मानिसले होली नखेल्दा राम्रो हुँन्छ। रंगमा मिसाइने जिंक क्लोराइड स्वास्थ्यका लागि धेरै हानिकारक हुँन्छ। यस्तो रंग दलेपछि छाला चिलाउँछ। 

लिड अक्साइडले मिर्गौला र गर्भ बिगार्छ। हरियो रंगले भ्रूणलाई घातक असर गर्छ। बैजनी रंगले श्वासप्रश्वासमा समस्या निम्त्याउँछ। नीलो रंगले छालामा गम्भीर एलर्जी गराउँछ। रातो रंगले क्यान्सर र पक्षघात निम्त्याउँछ। सिल्भर रंगले आँखाको नानी जलाउन सक्छ। मिसावटयुक्त रंगले स्थायी अन्धोपन गराउँछ। लोला प्रहारले आँखाभित्र रगत जमाउँछ। बेलुनले आँखाको दृष्टिपर्दा समेत च्यातिन्छ। रासायनिक रंगले मानव आयु नै घटाउँछ।

अबिरमा टल्कम पाउडर वा अरारोट पाउडर जस्तो प्रयोग हानिरहित हुँन्छन। स¬क्खा र गिला रंगले दम बढाउने, ब्रोङकाइटिस हुँने गर्दछ। कपाल फुट्ने, खस्रो र जर्रो बनाउँछ। रंगले छालामा एलर्जी भई पोल्ने, फोका उठ्ने, एक्जेमा–छाला चिलाउने, घर्Èण भई जलन र घाउखटीरा आउने,छाला सुक्खा हुने, फुट्ने, रगत आउने, छालाको रंगमा परिवर्तन, घाममा रंग दलिँदा छालामा टाँसिई छालाको बाहिरी र भित्री तहमाक्षति र दीर्घकालीन संक्रमण गराउन सक्छ। रंग आँखामा पर्दा आँखामाक्षति, कन्जटाइभाइटिस, रातो हुँने, दुख्ने, बिजाउने, चिलाउने, कम देख्ने, फुलो पर्ने तथा अन्धो हुनेसम्मका समस्याहरू देखिन्छन्। घाम लागेको बेलामा रसायन मिसिएका रंग अनुहारमा दल्दा छालामा दीर्घकालीन असरहरू देखिन्छन्। त्यसैमा मोबिल, अन्डा, इनामेल, मट्टितेल र फोहोर पानीको प्रयोग बढदो छ, जसले उत्पन्न गराउने समस्या र रोग झनै अनगिन्ती छन्। तसर्थ, होलीमा रंग थोरै रमाइलो धेरै गरौं। 

रोकथाम : गोल्डेन, सिल्भर रंग तथा सिलिका मिसाइएका रंग प्रयोग गर्नु हुँदैन। रंग पानीसँग मिसाएर प्रयोग गर्नु हुँ¬दैन। रंगसँगै लामो समय बस्नुहुँदैन, सफा पानीले पटकपटक पखालिरहने गर्नुपर्दछ। रंगलाई बढी गाढा बनाउने निहुँमा तेजावी, कृत्रिम रंग थप्न हुँदैन। होली खेल्न¬अघि अनुहार र हातमा तेल, मोइस्चराइजर र फाउन्डेसन लगाउनुपर्छ। नङमा गाढा पालिस लगाउनुपर्छ। कपालमा तेल लगाउनुपर्छ। आँखा बचाउन टाइटफिट चस्मा लगाउनसकिन्छ। चिल्लो र म्वास्चराइजर क्रिमको प्रयोग, ग्लेसेरिन भएको साबुन प्रयोग, तोरी र सस्र्युंको तेलको सट्टा नरिवलको तेल प्रयोग गर्नुपर्दछ।

चिसो पानी मात्रै प्रयोग गर्ने र नुहाएपछि मोइस्चराइजर लगाउनुपर्छ। गोरा र सेन्सिटिभलाई घामबाट हुने फोटोडर्माटाइटिसवाट जोगाउन सनक्रिम प्रयोग गर्नुपर्दछ। आँखामा रंग पस्दा माड्दा घाउ, अल्सर, कोर्नियामाक्षति हुँन्छ तसर्थ नमाडी सफा पानीले पखालेको पखाल्यै गर्नुपर्छ। यति गर्दा पनि आँखा बिझाउन, पोल्न छोड्दैन, रातोपना बढ्दैजान्छ वा दृष्टिपना कम हुँदै गए नेत्र चिकित्सकलाई देखाइहाल्नुपर्छ। त्यस्तै, ज्वरो आए, सास फेर्न गाह्रो भए, छाती दुखे वा कस्सिए जस्तो भए रंग फोक्सोमा पुगेको र संक्रमण हुन सक्ने भएकाले तुरुन्त चिकित्सकसँग सल्लाह लिनुपर्दछ। पेट्रोलियम पदार्थ प्रयोग गर्न हुँदैन। मोबिल र इनामेल हटाउन टरपेन्टाइन तेल प्रयोग गर्नुपर्छ।

अन्त्यमा, रंगहरूको पर्व होलीको ऐतिहासिक, सांस्कृतिक र प्राचीन महŒव आफ्नै ठाउँमा होला तर नेपालमा खुसी, उमंग, सद्भाव र एकताको पर्वका रूपमा आउने तथा मनाउने गरिन्छ। होलीमा हुने होहल्ला, मापसे, ट्राफिक नियमको उल्लघंन र जबरजस्ती कानुनी तथा मानवीय दुवै हिसाबले ठीक नभई अत्यन्तै घातक विकृति हो। होलीलाई सौहार्द, सद्भावपूर्ण बनाउने, खुसी साट्ने, शुभकामना आदानप्रदान गर्ने र मीठो, मसिनो खाएर मनाउने परम्परालाई नतोडी विकृतिरहित बनाउन प्रहरी प्रशासन मात्र नभई नागरिक समाजलगायतका हामी सबैको भूमिका अपरिहार्य छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.