साउदीस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण: ट्रम्पले दिए बदला लिने चेतावनी

साउदीस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण: ट्रम्पले दिए बदला लिने चेतावनी
सुन्नुहोस्

वासिङ्टन डीसी :साउदी अरबको राजधानी रियादस्थित अमेरिकी दूतावासमा दुईवटा ड्रोनमार्फत शक्तिशाली प्रहार भएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार मंगलबार बिहानै आक्रमणपछि दूतावास परिसरमा 'सीमित आगलागी' हुनुका साथै भौतिक क्षति पुगेको छ।

इरानले अमेरिका र इजरायलको आक्रमणको बदला लिने क्रममा खाडी क्षेत्रमा रहेका अमेरिकी अखडाहरूलाई निशाना बनाइरहेको छ। अन्तराष्ट्रिय सञ्चारमाध्यम रोयटर्सका अनुसार रियादको 'डिप्लोम्याटिक क्वार्टर' मा कालो धुवाँको मुस्लो देखिएको थियो।

आक्रमणको समयमा दूतावास भवन खाली रहेकाले कुनै मानवीय क्षति वा हताहतीको खबर आएको छैन। साउदी सैन्य स्रोतका अनुसार रक्षा प्रणालीले रियादलाई लक्षित गरेका अन्य चारवटा ड्रोनहरूलाई बीचैमा नष्ट गरिदिएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणमा प्रतिक्रिया दिँदै अमेरिकाले चाँडै उचित कदम चाल्ने बताएका छन् । उनले भजे, ‘हाम्रो प्रतिक्रिया के हुन्छ भन्ने कुरा तपाईंहरूले छिट्टै थाहा पाउनुहुनेछ ।’

मध्यपूर्वमा बढ्दै गएको सैन्य तनाव तत्काल साम्य हुने छाँटकाँट देखिएको छैन। इरान र अमेरिका–इजरायलबीचको द्वन्द्वले अहिले नयाँ मोड लिएको छ, जसले गर्दा यो सङ्कट अझ लम्बिने र थप भयानक हुने निश्चित देखिएको छ।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.