धनुषा-१ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज
जनकपुरधाम : राष्ट्रिय स्वतन्त्र पार्टी धनुषा क्षेत्र नम्बर १ का उम्मेदवार किशोरी साह (कमल)को उम्मेदवारी खारेज भएको छ । व्यवसायीकरुपमा ठेकेदार रहेका रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेज भएको निर्वाचन आयोगले जनाएको हो ।
आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट धनुषा क्षेत्र नं। १ बाट उम्मेदवार बनेका साह ‘कमल’ को उम्मेदवारी खारेज भएको निर्वाचन आयोगले जनाएको हो।
धनुषा क्षेत्र नं। १ निर्वाचन अधिकृत मनोज बरालका अनुसार हुलाकमार्फत् २०८२ फाल्गुन १० गते धनुषा निर्वाचन आयोगको कार्यालय,क्षेत्र नं। १ लाई प्राप्त भएको थियो । सोही पत्र अनुसार निर्वाचन आयोग धनुषाले पत्रसहित व्यहोरा निवेदन निर्वाचन आयोगमा पठाएको थियो ।
सोही अनुसार निर्वाचन आयोगले गत फागुन ११ गते रास्वपा उम्मेदवारलाई स्पष्टिकरण सोधिएको थियो । सोही अनुसार उम्मेदवार किशोरी साह कमलले स्पष्टीकरण समेत बुझाएको निर्वाचन आयोगका सहायक प्रवक्ता कूल बहादुर जिसिले जानकारी दिए ।
यो पनि पढ्नुहोस
प्रतिक्रिया दिनुहोस !
