चुनावअघिको अन्तिम कारोबार दिन नेप्से परिसूचक ३८ अंकले बढयो, ६ अर्बको कारोबार

चुनावअघिको अन्तिम कारोबार दिन नेप्से परिसूचक ३८ अंकले बढयो, ६ अर्बको कारोबार

काठमाडौं : मंगलबार नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। निर्वाचन अघिको अन्तिम सेयर कारोबार दिन मंगलबार नेप्से परिसूचक ३८.५२ अंकले बढेर २७१२.४९ विन्दुमा अडिएको छ।

फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ। सरकारले निर्वाचनका लागि फागुन २०,२१ र २२ गते सार्वजनिक बिदा दिएको छ। 

यसदिन ३२९ वटा स्क्रिप्सको १ करोड  ५१ लाख ८४ हजार  ६०७ वटा कित्ता सेयर ६ अर्ब २३ करोड  ४३ लाख ८१ हजार ४८० रुपैयाँमा खरिदबिक्री भए।

कारोबारमा आएकामध्ये २५४ वटा स्टक्सको मूल्य बढ्दा ६ वटाको मात्रै घट्यो। २ स्टक्सको मूल्य भने स्थिर रह्यो।

यसदिन एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। साल्पा विकास बैंकको सेयर सर्वाधिक ९.९९ प्रतिशतले बढ्यो। पञ्चकन्य माइ हाइड्रोपावरको सेयर ९.८९ प्रतिशतले बढ्दा रिलायन्स स्पिनिङ मिल्सको सेयर ९.८२ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा  आँखु खोला जलविद्युत शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३४ करोडको सेयर कारोबार भयो। रिडी पावरले २७ करोडको सेयर कारोबार गर्दा एसवाइ प्यानल नेपालको  २४ करोड,मञ्जुश्री फाइनान्सको २२ करोड र नगदी ग्रुपको २० करोड मूल्य बराबरको सेयर कारोबार भयो।

ट्रेडिङ समूहको उपसूचकबाहेक १२ वटा समूहको उपसूचकमा हरियाली छाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.