इरानको तेहरानमा फेरि आक्रमण

इरानको तेहरानमा फेरि आक्रमण

काठमाडौं : इजरायलले इरानको राजधानी तेहरानमा फेरि आक्रमण गरेको छ। बीबीसीका एक पत्रकारका अनुसार इजरायलले तेहरानका हरेक भागमा आक्रमण गरेको हो। पत्रकार मोहम्मद खातिबीले सैन्य संरचनामात्र नभएर सर्वसाधारणलाई समेत लक्षित गरी आक्रमण गरिएको दाबी गरे।

उनका अनुसार शनिबारदेखि सुरु भएको द्वन्द्वयता अमेरिका र इजरायलले तेहरानका विभिन्न स्थानमा मिसाइल आक्रमण गरेका छन्। आक्रमणमा सञ्चार टावर, प्रसारण केन्द्र तथा सहरको प्रसिद्ध ग्रान्ड बजारसमेत परेको उनले बताए। खातिबीका अनुसार ग्रान्ड बजार पूर्ण रूपमा ध्वस्त बनेको छ। 

अमेरिका-इजरायलको आक्रमणमा इरानका सर्वोच्च नेता आयोतोल्लाह अलि खामेनी मारिएपछि देश नै अशान्त भएको बताए। अब इरान बाहिर रहेका पृथकतावादी र विपक्षी समूहहरूले प्रदर्शनको आह्वान गर्नसक्ने सम्भावना रहेको उनले औंल्याए। उनले यस अवस्थालाई गत जनवरीमा इरानमा देखिएको व्यापक प्रदर्शनसँग तुलना गरे, जहाँ हजारौं मानिसको ज्यान गएको थियो।

यसैबीच इजरायलका रक्षा मन्त्रीले तेहरानका प्रमुख प्रशासनिक केन्द्रहरूमा पनि आक्रमण गरिएको बताएका छन्। उनले इजरायलले इरानको मिसाइल प्रक्षेपण क्षमतालाई निरन्तर कमजोर बनाइरहेको दाबी गर्दै आवश्यक परे 'पूर्ण शक्तिका साथ अभियान जारी रहने' चेतावनी दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.