नेपालमा पर्यटक आगमनमा वृद्धि

नेपालमा पर्यटक आगमनमा वृद्धि
सांकेतिक तस्बिर ।
सुन्नुहोस्

काठमाडौं : नेपालमा पर्यटक आगमनमा उत्साहजनक वृद्धि देखिएको छ। नेपाल पर्यटन बोर्डले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार फेब्रुअरी महिनामा हवाई मार्गबाट १ लाख ५ हजार ४४१ विदेशी पर्यटक नेपाल घुम्न आएका छन्। 

सन् २०२५ को समीक्षा महिनाको तुलनामा ८.८ प्रतिशतले पर्यटक भित्रिने संख्या बढेको छ। अघिल्लो वर्ष ९६ हजार ८८० पर्यटक आएका थिए। सन् २०२६ को जनवरीमा ९२ हजार ७५३ पर्यटक नेपाल आएका थिए। चालु वर्षको फेब्रुअरीमा सार्क राष्ट्रबाट ३३.५ प्रतिशत पर्यटक आएका छन्। 

अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १७ प्रतिशत पर्यटक सार्क राष्ट्रबाट आएका छन्। सार्क मुलुकमा पनि भारतबाट नेपाल भित्रिने पर्यटकको संख्या उच्च रहँदै आएको छ। छिमेकी मुलुक पनि भएको  र भिसा नचाहिने हुँदा भारतीय पर्यटकको संख्या जहिले पनि उल्लेख्य हुने गरेको छ। 

कोभिड १९ को तुलनामा १०२ प्रतिशतले पर्यटक आगमन बढी भएको तथ्यांक छ। सन् २०१९ को फेब्रुअरीमा १ लाख २ हजार ४२३ पर्यटक आएका थिए। यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्रिएका पर्यटकको मात्र तथ्यांक हो।

सार्क क्षेत्रबाट ३५ हजार ३४८ पर्यटक नेपाल आउँदा भारतबाट नै २२ हजार ७४५ पर्यटक आएका छन्। सार्क राष्ट्रमा श्रीलंकाबाट ७ हजार ५१५ पर्यटक आएका छन्। समीक्षा महिनामा एसिया क्षेत्रबाट २९ हजार ८५७, युरोपबाट १७ हजार ४९३, अमेरिकाबाट ११ हजार ८१५, ओसिएनियाबाट १ हजार ६८०, मध्यपूर्वबाट ९४९, अफ्रिकाबाट ३४४ र अन्य मुलुकबाट ७ हजार ९५५ पर्यटक आएको बोर्डको तथ्यांक छ। 

समीक्षा महिनामा ५ हजारभन्दा बढी पर्यटक नेपाल भित्र्याउने देशमा भारत (२२,७४५), चीन (१०,८१६), अमेरिका (९,७१०), श्रीलंका (७,५१५) म्यानमार (६,०३५) र युके (५,६१८) रहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.