ट्रम्पले भने- इरान वार्ता गर्न चाहन्छ, तर धेरै ढिलो भइसक्यो
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्ता गर्न इच्छुक रहे पनि धेरै ढिला भइसकेको बताएका छन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोशल’मार्फत उक्त जानकारी दिएका हुन्।
यसअघि पनि ट्रम्पले इरान आफूहरूसँग वार्ता गर्न चाहिरहेको दाबी गरेका थिए। त्यस बेला इरानका सुरक्षा प्रमुख अली लारिजानीले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’मार्फत प्रतिक्रिया दिँदै भनेका थिए, 'हामी अमेरिकासँग वार्ता गर्ने छैनौं।'
प्रतिक्रिया दिनुहोस !