मतदान केन्द्रमा कस्तो अवस्था आएमा सुरक्षा निकायले बल प्रयोग गर्छ?

मतदान केन्द्रमा कस्तो अवस्था आएमा सुरक्षा निकायले बल प्रयोग गर्छ?
सुन्नुहोस्

काठमाडौं : फागुन २१ गतेको निर्वाचनका लागि अहिले मौन अवधि चलिरहेको छ। निर्वाचन आयोगले अन्तिम तयारी गर्दैगर्दा प्रमुख सहरबाट गाउँ जानेहरू पनि बढेका छन्।

सरकारले शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न हुने बताएको छ। त्यहीअनुसार देशभरि सबै निकायका सुरक्षाकर्मी परिचालनसमेत गरिएको छ। फागुन २१ गते विहान ७ बजेदेखि साँझ बजेसम्म मतदान गर्ने समय तोकिएको छ।

सुरक्षा निकायले मतदान केन्द्रमा कस्तो अवस्था आएमा बल प्रयोग गर्ने भन्ने विषयमा सुरक्षा तयारीसमेत गरेको छ। मतदान केन्द्रमा हिंसात्मक, ध्वंसात्मक र अवान्छित गतिविधिको पूर्वसूचना प्राप्त भएमा सुरक्षा निकायले बल प्रयोग गर्नसक्ने स्रोतको भनाइ छ।

त्यस्तै दलका समर्थकहरूबीच आपसमा झै-झगडा र हुलहुज्जत तथा कुटपिट भई मतपेटिका वा मतपत्र इत्यादि तहसनहस हुनसक्ने अवस्था भएमा, मतदान केन्द्रमा आक्रोशित भीडबाट सशस्त्र आक्रमण भई मतपेटिका, मतपत्र क्षति भएमा वा कर्मचारीहरूलाई आक्रमण तथा घाइते बनाएमा वा घाइते हुनसक्ने अवस्था भएमा, मतदानस्थल र मतदान केन्द्र कब्जामा लिएमा वा लिने प्रयत्न गरेमा, कुनै उम्मेदवार वा राजनीतिक पार्टीहरूले आफ्ना समर्थक मतदाताहरूबाट एकलौटी मतदान गर्ने चेष्टा गरेमा वा गर्न खोजेमा, मतदाताहरूलाई मतदानस्थलमा जान अवरोध पुऱ्याएमा वा पुर्‍याउने प्रयास गरेमा र मतदाताहरूलाई मतदान गर्न नदिएमा वा अवरोध गरेमा सुरक्षा निकायले बल प्रयोग गर्नसक्ने स्रोतले जनाएको छ। 

त्यस्ता गतिविधिमा संलग्नहरूलाई सुरक्षा निकायले सकेसम्म बुझाउने र नमानेमा मतदान अधिकृतसँग समन्वय राखी सम्भव भएसम्म जिल्लाको सुरक्षा समिति जिल्ला कमाण्ड पोष्टमा जानकारी गराई निर्देशन भएबमोजिम वा प्रचलित कानून बमोजिम कारवाही हुनेछ। 

मतदानस्थलमा खटिएका प्रहरीले पुरुष, महिला र फरक क्षमता भएका मतदाताहरूलाई बेग्ला बेग्लै पंक्तिमा राख्ने, मतदानस्थल वा केन्द्रमा खटिएका कर्मचारी, उम्मेदवारको प्रतिनिधि १/१ जना, निर्वाचन अधिकृत मतदान अधिकृतबाट मतदान गर्ने अनुमति पाएका अशक्त, फरक क्षमता भएका मतदाता, जेष्ठ नागरिकले इच्छाइएका ब्यक्ति र साथमा रहेको काखे बालबालिका मात्र मतदान केन्द्रभित्र प्रवेश गर्न दिने, मतदाताहरूको प्रवेश गराउँदा मतदाता परिचयपत्र र शरीरको तलासी गरी मोबाइल फोन समेतका निषेधित वस्तु लैजान नदिने, मतदान गरिसकेका मतदाताहरूलाई तुरुन्त मतदानस्थलबाट बाहिर पठाउने, समय समयमा मतपेटिका राखेको ठाउँ र संकेत कोठाको निरीक्षण गर्ने, मतदाताहरू आउने र मत खसालिसकेका व्यक्तिहरू जाने बाटो बेग्ला बेग्लै बनाउने, मतदान क्षेत्रमा तोकिएको समयभित्र लाइन बसिसकेकालाई मतदान गर्न दिने र तोकिएको समयपश्चात आउनेलाई लाइनमा प्रवेश गर्न नदिने, मतदानस्थल नजिक शान्ति भंग हुन गर्न नदिने, लाउडस्पिकर मेघाफोन प्रयोग गर्न नदिने, असम्बन्धित व्यक्तिहरूलाई मतदानस्थल, केन्द्रमा प्रवेश गर्न नदिने र मतदान गर्न लाइनमा बसेका मतदाताहरूको छड्के जाँच गर्ने व्यवस्था मिलाउनु पर्नेछ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.