भक्तपुरमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई घाइते
भक्तपुर : भक्तपुरमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।
मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका–३२ जडीबुटीका ५५ वर्षीय योगेन्द्र प्रधान, ४८ वर्षीय सुरेन्द्र प्रधान र ५५ वर्षीया कृष्णमाया प्रधान रहेका छन्।
घाइते योगेन्द्र र सुरेन्द्रको उपचारको क्रममा मध्यपुर अस्पतालमा र कृष्णमायाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते थप दुई जनाको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ।
नगरकोटबाट सुडालतर्फ आउँदै गरेको बा५च ७८८१ नम्बरको निजी कार चाँगुनारायण नगरपालिका–८ जितपुरमा दुर्घटना भएको थियो।
प्रतिक्रिया दिनुहोस !