सुनको मूल्य ११ हजारले घट्यो
काठमाडौं : बुधबार नेपाली बजारमा सुनको मूल्य ११ हजार रुपैयाँले घटेको छ । मंगलबार २ हजार ५०० रुपैयाँले बढेको सुन यसदिन ११ हजार रुपैयाँले घटेको हो।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार ११ हजार रुपैयाँले घटेर प्रति तोला सुनको मूल्य ३ लाख १७ हजार ६०० रुपैयाँ कायम भएको हो।
मंगलबार एक तोला सुन ३ लाख २८ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
महासंघका अनुसार सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि घटेको छ। २७५ रुपैयाँले घटेर एक तोला चाँदीको मूल्य ५ हजार ५४० रुपैयाँ कायम भएको छ।
मंगलबार प्रतितोला चाँदी ५ हजार ८१५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
प्रतिक्रिया दिनुहोस !