इन्सेकले भन्यो-  अपेक्षाकृत भन्दा कम मत खस्यो

इन्सेकले भन्यो-  अपेक्षाकृत भन्दा कम मत खस्यो
सुन्नुहोस्

काठमाडौं : अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले आज देशभर केही छिटफुट घटनाबाहेक शान्तिपूर्वक रूपमा निर्वाचन सम्पन्न भएको जनाएको छ। मतदान सकिएपछि इन्सेकले प्रारम्भिक प्रतिवेदन प्रकाशन गरेर देशभर शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको जनाएको हो। अपेक्षाकृत रूपमा कम मत खसेको इन्सेकले उल्लेख गरेको छ। 

इन्सेकको प्रारम्भिक प्रतिवेदन अनुसार कुन जिल्लामा के भए ? 

दार्चुलाका केही मतदान केन्द्रमा स्थानीय मतदाताले मतदान बहिष्कार गरेका छन्। दोलखाको एक मतदान केन्द्रमा उम्मेदवारहरू नआएको भन्दै स्थानीयले मतदान नगर्ने निर्णय गरेका छन्। ओखलढुंगामा प्रदेश सरकारले अस्पताल बनाउने वाचा पूरा नगरेको विरोधमा मतदाताले मतदान बहिष्कार गरेका छन्। चितवनमा एक कर्मचारीले मत मागेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ।

मोरङमा दलहरूले मतदातालाई खाना वितरण गरेको पाइएको छ। धादिङका केही केन्द्रमा सञ्चारकर्मी र पर्यवेक्षकलाई प्रवेशमा रोक लगाइएको छ। केही स्थानमा नक्कली मतदान र मतदान रोकिएको घटना पनि देखिएको छ।

nullnullnull

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.