सुनसरीमा ६४ प्रतिशत मतदान, शुक्रबार बिहानदेखि मतगणना हुने

सुनसरीमा ६४ प्रतिशत मतदान, शुक्रबार बिहानदेखि मतगणना हुने

सुनसरी : प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सुनसरीमा ६० प्रतिशतभन्दा बढी मतदान भएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार जिल्लाभर कुल ३ लाख ६९ हजार ६ सय मत खसेको छ। चारवटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको प्रशासनले जनाएको छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार जिल्लाका चार निर्वाचन क्षेत्रमध्ये सबैभन्दा कम मतदान सुनसरी क्षेत्र नम्बर–१ मा भएको छ। यस क्षेत्रमा ५८ प्रतिशत मत खसेको छ । यहाँ  कुल ८७ हजार ८ सय ६५ मतदाताले मतदान गरेका छन्।

सुनसरी क्षेत्र नम्बर–२ मा ६४ प्रतिशत मतदान भएको छ। यहाँ १ लाख १ हजार ४ मत खसेको प्रजिअ घिमिरेले जानकारी दिए। सुनसरी क्षेत्र नम्बर–३ मा सबैभन्दा बढी मतदान भएको छ। यस क्षेत्रमा ७१ प्रतिशत मत खसेको छ। यहाँ ९५ हजार १ सय ८५ मत खसेको छ । सुनसरी क्षेत्र नम्बर–४ मा ६२ प्रतिशत मतदान भएको छ। यस क्षेत्रमा ८५ हजार ५ सय ४६ मत खसेको प्रशासनले जनाएको छ।

निर्वाचन सम्पन्न भएसँगै जिल्लाभरका सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरी सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षित रूपमा ल्याइसकिएको छ। मतपेटिका ढुवानीका क्रममा सुरक्षा व्यवस्था कडा पारिएको थियो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख केशवकुमार थेबेका अनुसार सर्वदलीय बैठकको सहमतिअनुसार शुक्रबार बिहानदेखि मतगणना सुरु गरिनेछ। उनले सुनसरी जिल्लाभर मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको जानकारी दिँदै मतगणनालाई पनि व्यवस्थित र सुरक्षित ढंगले अघि बढाइने बताए। 

सशस्त्र प्रहरी बलको ४ नम्बर गणका  प्रमुख सशस्त्र प्रहरी उपरीक्षक प्रहरी उपरीक्षक श्यामकुमार कार्कीले  मतदानका क्रममा कुनै ठूलो अप्रिय घटना नभएको र सुरक्षाकर्मीको सक्रियतामा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.