मोरङमा ६४.५६ प्रतिशत मतदान

मोरङमा ६४.५६ प्रतिशत मतदान
सुन्नुहोस्

विराटनगर : मोरङमा बिहीबार ६४.५६ प्रतिशत मतदान भएको छ। ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा ५ लाख ५ हजार ५ सय १४ मत खसेको हो। मोरङका ७ लाख ८३ हजार ५० मतदातामध्ये २ लाख ४३ हजार ३ सय १६ पुरुष, २ लाख ६२ हजार १ सय ९६ महिला र अन्य २ जनाले मताधिकारको प्रयोग गरेका छन्। २ लाख ७७ हजार ५ सय ३६ जना मतदाता मतदान प्रक्रियामा सहभागी भएनन्।
 
मोरङको निर्वाचन क्षेत्र नम्बर १ मा ७७ हजार ५ सय ८५ मत खसेको छ। यो ६० दशमलव ३६ प्रतिशत हो। मोरङ–२ मा ८१ हजार ३ सय ४५ (६२.९७ प्रतिशत), ३ मा ९६ हजार ६ सय ७७ (६१.१७ प्रतिशत), ४ मा ८० हजार ८४ (६७.१५ प्रतिशत), ५ मा ७५ हजार ५ सय २९ (७१.२८ प्रतिशत) र मोरङ–६ मा ९१ हजार २ सय ९२ (६६.२३ प्रतिशत) मत खसेको छ। 

मोरङमा ३ सय ६ वटा मतदानस्थल र ८ सय ८८ मतदान केन्द्र कायम गरिएको थियो। २ वटा अस्थायी मतदानस्थल तोकिएको थियो। मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले कुनै पनि अवरोध बिना शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ। उनले मतदान सफल बनाउन सहयोग गर्ने कर्मचारी, सुरक्षाकर्मी र आम नागरिकलाई विशेष धन्यवाद दिएका छन्। 

मोरङमा मतगणनाका लागि छुट्टाछुट्टै मतगणनास्थल तयार गरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सर्वदलीय सहमतिपछि गणना सुरु गरिनेछ। जिल्लाका ६ वटा क्षेत्रका लागि छुट्टाछुट्टै स्थानमा मतगणनास्थल तोकिएको छ। 

मोरङ–१ को उर्लाबारी नगरपालिकाको कार्यालय, २ को विश्वनाथ मन्दिर सिजुवा, ३ को भगवती माध्यमिक विद्यालय बेलबारी, ४ को जनता नमुना माध्यमिक विद्यालय विराटनगर, ५ को सुनसरी–मोरङ सिँचाइ आयोजनाको कार्यालय विराटनगर र मोरङ–६ को आदर्श माध्यमिक विद्यालय विराटनगरमा मतगणना हुने छ। 

प्रजिअ कटेलका अनुसार मतगणनालाई पारदर्शी र सुरक्षित बनाउन तारजाली लगाएर निर्माण गरिएको गणनास्थल सीसी क्यामेराको निगरानीमा छ। मतगणनाका अघि सर्वदलीय सहमति जुटाइने उनले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.