गुल्मीमा ५१.३६ प्रतिशत मत खस्यो

गुल्मीमा ५१.३६ प्रतिशत मत खस्यो
सुन्नुहोस्

गुल्मी : प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत गुल्मीमा कुल ५१.३६ प्रतिशत मतदान भएको छ। दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा रहेका २ लाख २९ हजार ५ सय ४९ मतदातामध्ये १ लाख १७ हजार ९ सय १ मत खसेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी गैह्रेका अनुसार खसेको मतमध्ये महिला तर्फ ६४ हजार ८ सय ९७ र पुरुष तर्फ ५३ हजार २ मत खसेको छ। जिल्लामा अन्य २ जना मतदाताले पनि मतदान गरेका छन्।  जिल्लाको क्षेत्र नम्बर १ मा २८ हजार ७ सय ५९ पुरुष र  ३६ हजार २८ गरी ६४ हजार ७ सय ८७ मत खसेको बताइएको छ। 

यस क्षेत्रमा कुल १ लाख २२ हजार १ सय ८६ मतदाता रहेका थिए। जसमध्ये ६२ हजार २ सय ७२ महिला र ५९ हजार ९ सय १४ पुरुष मतदाता छन्। यस क्षेत्रमा ८३ मतदान स्थल र १ सय ५५ मतदान केन्द्र तोकिएका थिए।

त्यस्तै क्षेत्र नम्बर २ मा २४ हजार २ सय ४३ पुरुष र २८ हजार ८ सय ६९ गरी ५३ हजार १ सय १४ मत खसेको छ। जसमा २ जना अन्य मतदाता पनि रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ।  यस क्षेत्रमा १ लाख ७ हजार ३ सय ६३ मतदाता रहेका छन्। जसमध्ये ५२ हजार ९ सय ३८ महिला, ५४ हजार ४ सय २३ पुरुष र अन्य २ जना मतदाता रहेका छन्। यस क्षेत्रमा ६२ मतदान स्थल र १ सय २९ मतदान केन्द्र रहेका थिए। 

बिहीबार बिहानदेखि सुरु भएको मतदान प्रक्रिया जिल्लाभरका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ। मतदान केन्द्रहरूमा आवश्यक कर्मचारी र सुरक्षाकर्मी परिचालन गरिएको थियो। मतदाताहरू उत्साहका साथ मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका थिए।

मतदान सम्पन्न भएसँगै जिल्लाका सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरी सदरमुकाम तम्घास ल्याउने काम जारी रहेको छ। सुरक्षित रूपमा मतपेटिका राखेपछि भोलि बिहान सर्वदलीय बैठकपछि मतगणना सुरु गरिने बताइएको छ।

यस निर्वाचनमा जिल्लाभर ४३ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। जसमध्ये क्षेत्र नम्बर १ मा ११ जना स्वतन्त्र र १० जना दलगत गरी २१ जना  उम्मेदवार चुनावी मैदानमा छन्। त्यस्तै क्षेत्र नम्बर २ मा  १२ जना स्वतन्त्र र १० जना दलगत गरी २२ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.