झापा ५ मा २ बजेबाट मतगणना सुरु हुने
झापा : इलेक्सन इपिसेन्टर बनेको झापा ५ मा आज बिहानको २ बजेबाट मतगणना सुरु हुने भएको छ। दमक नगरपालिका ८ स्थित अर्ग्यानिक कृषि केन्द्रमा बसेको सर्वपक्षीय बैठकले सो निर्णय गरेको हो।
झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेन चुनावी मैदानमा रहेकाले सर्वत्र चासोको विषय बनेको छ। यहाँको मत परिणाम सुन्न देशवासी नै आतुर देखिएका छन्। क्षेत्र नम्बर ५ मा १ लाख ६३ हजार ३७९ मतदाता रहेकोमा १ लाख ६ हजार ३७२ मत खसेको छ।
प्रतिक्रिया दिनुहोस !