झापा -५ मा बालेन र झापा -२ मा इन्दिरा अगाडि

झापा -५ मा बालेन र झापा -२ मा इन्दिरा अगाडि

झापा : झापाका पाँच निर्वाचन क्षेत्र मध्ये तीन वटा क्षेत्रको मतगणना सुरु भएको छ । इलेक्सन इपिसेन्टर बनेको झापामा सुरुवाती चुनावी नतिजा अनुसार दुई वटै निर्वाचन क्षेत्रमा रास्वपा अगाडि रहेका छन् ।

झापा क्षेत्र ५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले सुरुवाती अग्रता लिएको छ । २३०३ मत गणना हुँदा बालेनले १४७८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी एमाले अध्यक्ष केपी शर्मा ओलीले ३८५ मत मात्र प्राप्त गरेका हुन्। नेपाली काँग्रेसका मन्धरा चिमरियाले ४२, नेकपाका रञ्जित तामाङले ६१ र श्रम संस्कृति पार्टीका शिवन मगरले १४९ मत प्राप्त गरेका छन्।  

क्षेत्र नम्बर ५ मा १ लाख ६३ हजार ३७९ मतदाता रहेकोमा १ लाख ६ हजार ३७२ मत खसेको छ। त्यस्तै झापा २ मा रास्वपाका इन्दिरा राणा मगरले सुरुवाती अग्रता लिएकी छिन्। २४१२ मत गणना हुँदा निवर्तमान उपसभामुख रहेकी मगरले १५९९ मत ल्याएकी छिन्। उनकी निकटतम प्रतिस्पर्धी एमालेका देवराज घिमिरेले २७५ ल्याएका छन्। 

null

नेपाली काँग्रेसका सरिता प्रसाईँले १०९, नेकपाका धर्मशिला चापागाईँले १२, राप्रपाका स्वागत नेपालले १२६ र श्रम संस्कृति पार्टीका केशव भण्डारीले १२८ मत ल्याएका छन् । क्षेत्र २ मा १ लाख ४७ हजार ५२२ मतदाता रहेकोमा ९६ हजार ४३६ मत खसेको छ ।

झापा ४ मा पनि मतगणना सुरु भएको छ। त्यहाँ मतपत्र सटिङको काम भइरहेको छ । त्यस्तै झापा ३ र १ मा अबको केही बेरमै मतगणना सुरु हुने जनाइएको छ।  जिल्लामा ७ लाख १३ हजार ५३७ मतदाता रहेकोमा ४ लाख ५७ हजार ४३५ जनाले मतदान गरेका छन्। जसमा पुरुष २ लाख ४१ हजार ३५० र महिला २ लाख १६ हजार ८२ जना रहेका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.