काठमाडौं–३ मा रास्वपाका पाण्डे अगाडि, पछ्याउँदै कुलमान
काठमाडौं : काठमाडौं–२ मा जारी प्रतिनिधिसभाको मत गणनाको अहिलेसम्मको परिणाम अनुसार काठमाडौं–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजुनाथ पाण्डेले ४६४१ मतसहित अग्रता बनाएका छन् । पाण्डेलाई उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ३३४१ मतसहित पछ्याइरहेका छन् ।
यस्तै नेपाली कांग्रेसका रमेश अर्याल ४१८१, नेकपा एमालेका रामेश्वर फुयाल ९४१, नेकपाका निरज लामाले ८५ मत ल्याएका छन् । काठमाडौं ३ मा ४२ हजार ८६३ मत खसेको थियो । जसमा ५६६ मत बदर भएको छ । ११ हजार ४५४ मत गणना गर्दा अहिलेसम्म रास्वपा अगाडि देखिएको छ ।
प्रतिक्रिया दिनुहोस !