बालेनभन्दा ओली दोब्बर मतले पछाडि
झापा : प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रास्वपाका बरिष्ठ नेता बालेन शाहले दोब्बर मतान्तरले पछाडि पारेका छन् ।
७६५१ मत मतगणना जारी रहँदा बालेनले ५ हजार २ सय ५४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी ओलीले १ हजार २ सय ४८ मत मात्र प्राप्त गरेका छन्।
एमालेको 'गढ' मानिने यस क्षेत्रमा पूर्व प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष ओली सुरुवाती गणनामै पछाडि परेका हुन् ।
तेस्रोमा कांग्रेसकी मन्धरा चिमरिया १ सय ८५ मत ल्याएकी छिन्, भने नेकपाका रन्जित तामाङले १२९ मत प्राप्त गरेका छन् । हालसम्म ३३५ मत बदर भएको छ।
यस अगाडिको समाचारमा तथ्यांक गलत परेकाले सच्याइएको छ। - सम्पादक
प्रतिक्रिया दिनुहोस !