रोल्पामा ढिला गरी मतगणना सुरु
रोल्पा : रोल्पामा शुक्रबार दिउँसो १ः३० बजेबाट मतगणना सुरु भएको छ । सर्वदलीय बैठक सकिए लगत्तै मतगणना सुरु गरिएको हो ।
बिहान १० बजेबाट मतगणना गर्ने भनिएपनि सर्वदलीय सहमति नजुटेपछि मतगणना ढिला सुरु गर्नु परेको हो । नेकपा एमालेले मतदानका दिन अरेशमा कुटिएका आफ्ना कार्यकर्ताको उपचार हुनुपर्ने र कुटपिटमा संलग्नलाई मुद्दा नचलाएसम्म गणना गर्न नहुने अदान लिएपछि गणना ढिला भएको थियो ।
कुटपिटमा संलग्न भएकालाई मुद्दा चलाउने र घाइतेलाई उपचार गर्ने सहमति भएपछि मतगणना सुरु भएको हो प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए । सुनिलस्मृति गाउँपालिका–८ अरेस नेपाल राष्ट्रिय मावि मतदानस्थलमा फर्जी मत हाल्न खोजेको भन्दै बिबाद भएपछि नेकपाका कार्यकर्ताले एमालेका दुई जना कार्यकर्तालाई कुटपिट गरेका थिए ।
रोल्पामा ४६.३९ प्रतिशत मत खसेको छ । खसेको ६९ हजार ४ सय ८ मतदाताले मतको गणना हुँदैछ । वडा अनुसारको मतदानस्थलको मत गणना गर्ने सर्वदलीय सहमति भएको छ । घरेलु तथा साना उद्योग कार्यालयको हलमा उम्मेदवारका प्रतिनिधिको उपस्थितिमा मतगणना भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस !