यथाशक्य छिट्टो मतगणना गर्न निर्वाचन आयोगको निर्देशन

यथाशक्य छिट्टो मतगणना गर्न निर्वाचन आयोगको निर्देशन
सुन्नुहोस्

स्याङ्जा : स्याङ्जा निर्वाचन क्षेत्र–२ को मतगणना कार्य यथाशिघ्र गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । मतगणनाका लागि निर्वाचन अधिकृतलाई २ बुदें निर्देशनसहित आयोगले शुक्रवार पत्राचार गरेको छ ।

आयोगका उपसचिव ऋषिराम भुषालद्धारा हस्ताक्षरित पत्रमा, ‘मतगणना सम्बन्धमा सर्वदलीय बैठकको निर्णय बमोजिम त्यस्ता मतपत्रहरु गणना गर्ने वा नगर्ने सम्बन्धमा त्यहाँबाटै दलीय सहमति गरी गणना गर्न र आवशयक सुरक्षा प्रवन्ध मिलाई यथाशक्य छिटो गणना कार्य प्रारम्भ गर्ने’ भनि आयोगको निर्णयानुसारको निर्देशन छ ।

वालिङ नगरपालिका–१० स्थित बालज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान अधिकृतको हस्ताक्षर नभएका मतपत्रको गणना गर्ने या नगर्ने भन्दै बिषयमा विवाद भएपछि शुक्रवार दिउसो १ बजेसम्म मतगणना हुन सकेको थिएन । विवादका कारण केही समय मतदान स्थगित गरिएको थियो । सर्वदलीय सहमतिपछि पुनः मतदान भएको थियो । तर, मतगणनाका क्रममा फेरि विवाद देखिएपछि सर्वदलीय बैठकले अन्तिम निर्णयका लागि भन्दै निर्वाचन आयोगको निर्णय कुरेको थियो । 

पछि उम्मेदवारका प्रतिनिधिबीच सुरुमा मतपेटिकामा खसेका १८१ मतपत्र सिल गरी, हस्ताक्षर नभए पनि ती मत गणना गर्ने विषयमा निर्णयका लागि निर्वाचन आयोगमा पत्र पठाउने सहमति भएपछि पुनः मतदान भएको थियो । पत्रको जवाफ आयोगबाट आएसँर्ग स्याङ्जा–२ को मतगणनाका लागि सर्वदलीय बैठक बस्न लाागेको छ । बैठक लगत्तै मतगणना सुरु गरिने बताइएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.