रुपन्देही–२ मा ८ हजार मतान्तरले रास्वपाका खरेल अगाडि, पछ्याउँदै एमालेका विष्णु पौडेल
बुटवल : सर्वाधिक चासोको रुपमा हेरिएको रुपन्देही निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शुलभ खरेल प्रतिद्धन्द्धी नेकपा (एमाले) का विष्णुप्रसाद पौडेल ८ हजार ३ सय २६ मतले अगाडि छन् । खरेलले १० हजार ५ सय १९ र पौडेलले २ हजार १ सय ९३ मत लिएका छन् ।
खरेल शुरुवातदेखि नै अग्रतामा छन् । ४ सय २७ मत बदर भएका छन् । नेपाली कांग्रेसका चुन्नप्रसाद पौडेलले १ हजार २ सय ४ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का विश्वदीप पाण्डेले ३ सय ५२ मत ल्याएका छन्।
प्रतिक्रिया दिनुहोस !