चितवन–१ मा रास्वपाका हरि ढकाल अगाडि, पछ्याउँदै एमालेका लामा
चितवन : चितवन निर्वाचन क्षेत्र नम्बर–१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकालले अग्रता बनाएका छन् । १,७९१ मतका साथ ढकाल अगाडि हुँदा नेकपा एमालेका दावा दोर्जे लामाले १,६१७ मत सहित पछ्याइरहेका छन् ।
ढकाल लामाभन्दा १७४ मतान्तरले अघि छन् । नेपाली कांग्रेसका राजेन्द्र बुर्लाकोटीले १ हजार ४४९ मत प्राप्त गरेका छन् । रास्वपाका हरि बुर्लाकोटीभन्दा ३४२ मतले अगाडि छन् । एमालेका लामा कांग्रेसका बुर्लाकोटीभन्दा १६८ मतले अघि छन् । यसअघि एमालेका लामा अग्रस्थानमा थिए ।
प्रतिक्रिया दिनुहोस !