२०२६ को विश्वकपमा बनेका सात शतक

२०२६ को विश्वकपमा बनेका सात शतक

काठमाडौं : टी–२० विश्वकप २०२६ सकियो । श्रीलंका र भारतमा संयुक्त रुपमा आयोजना भएको विश्वकपमा २० राष्ट्रले प्रतिष्पर्धा गरेका थिए । जसमा ११ टेष्ट राष्ट्र र ९ वटा एशोसियट राष्ट्र रहेका थिए । विश्वकप २०२६ मा कुल सात शतक बने । जसमा पाकिस्तानका ओपनर ब्याटर साहिबजादा फरहानले २ शतक बनाए । उनी २ शतक प्रहार गर्ने एक मात्र खेलाडी बने ।

विश्वकप–२०२६ मा ह्यारी ब्रुकले शतक प्रहार गर्दै टी–२० विश्वकपमा शतक प्रहार गर्ने एक मात्र कप्तानको रुपमा आफ्नो नाम दर्ता गरे । २०२६ को उपाधि विजेता भारतीय टिमबाट भने कुनै पनि खेलाडीले शतक बनाउन सकेनन् । शतक बनाउने ६ खेलाडीमा पाँच खेलाडी टेष्ट राष्ट्रका हुन् । ९ एशोसियट राष्ट्रमध्ये क्यानडाका युवा ब्याटर युवराजसिंह समराले शतक प्रहार गरे । १९ वर्षीय युवराज विश्वकपमा शतक बनाउने सबैभन्दा कान्छो खेलाडी बने ।

इङ्ल्याण्डका २ ब्याटरले शतकीय पारी खेले । शतक बनाउने खेलाडीको सूचीमा इङ्ल्याण्ड अग्रस्थानमा रह्यो । तर टिम भने सेमिफाइनलबाट बाहिरियो । पाकिस्तान, न्यूजिल्याण्ड, श्रीलंका र क्यानडाका १÷१ खेलाडीले शतक बनाए । जसमा न्यूजिल्याण्डले फाइनलसम्मको यात्रा तय गर्‍यो । पाकिस्तान र श्रीलंका सुपर ८ सम्म पुगे । शतक बनाउने खेलाडीको लिस्टमा अटेको तर समूह चरणबाट माथि क्यानडाको टिम भने अटाउन सकेन ।

 
साहिबजादा फरहान (पाकिस्तान)

null

पाकिस्तानका ओपनर ब्याटर साहिबजादा फरहानले २०२६ को विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडीमा उनको नाम शीर्ष स्थानमा रह्यो । सुपर ८ बाट आफ्नो यात्रा सकाएको पाकिस्तानका लागि उनले अन्तिम खेलमा श्रीलंकाविरुद्ध र समूह चरणमा नामिबियाविरुद्ध शतकीय अविजित पारी खेले । २०२६ को विश्वकपमा २ शतक प्रहार गर्ने उनी एक मात्र खेलाडी हुन् ।

उनले पहिलो शतक समूह ‘ए’ अन्तर्गत नामिबियाविरुद्ध ५८ बलमा ११ चौका र ४ छक्कासहित शतक पूरा गर्दै अविजित रहे । दोस्रो शतक उनले सुपर ८ मा श्रीलंकाविरुद्धको खेलमा हानेका थिए । उनले उक्त खेलमा ६० बलमा ९ चौका र ५ छक्कासहित शतक पूरा गरेका हुन् । उनले प्रतियोगिता अवधिभर २ शतक र २ अर्धशतकीय पारी खेलेका थिए । उनले ६ इनिङ्समा ३८३ रन बनाएका हुन् ।

युवराजसिंह समरा (क्यानडा)

null
 क्यानडाका युवा ब्याटर युवाराजसिंह समराले टी–२० विश्वकपमा शतक प्रहार गरे । १९ वर्षीय युवराज टी–२० विश्वकपमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी बने । उनले समूह चरणमा न्यूजिल्याण्डविरुद्ध ११० रनको शतकीय पारी खेले । उनले ६५ बलमा ११ चौका र ६ छक्का प्रहार गर्दै क्याच आउट भएका थिए । उनको नाम २०२६ विश्वकपमा एशोसियट राष्ट्रबाट शतक प्रहार गर्ने एक मात्र खेलाडीको रुपमा रह्यो । क्यानडा समूह चरणबाटै बाहिरिए पनि उनको नाम भने विश्वकपको इतिहासमा रह्यो ।

उनी समग्रमा टी–२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने युवा खेलाडीमा तेस्रो स्थानमा रहेका छन् । फ्रान्सका गुत्सव म्याकअनले १८ वर्षको उमेर आइसीसी टी–२० विश्वकप सब रिजनल युरोप क्वालिफार्यस समूह ‘बी’ मा स्विटजरल्याण्डविरुद्ध शतक प्रहार गरेका थिए । दोस्रो स्थानमा नाइजेरियाका खेलाडी सेलिम सलाउ रहेका छन् । उनले पनि आइसीसी विश्वकप सब रिजनल अफ्रिका क्वालिफार्यसको समूह ‘सी’ मा आइभोरी कोस्टासँग शतक प्रहार गरेका थिए ।

फिन एलेन (न्यूजिल्याण्ड)

null

न्यूजिल्याण्डका ओपनर ब्याटर फिन एलेनले विश्वकप २०२६ मा १ शतक र १ अर्धशतक प्रहार गरेका छन् । उनले पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाविरुद्ध शतकीय पारी खेलेका हुन् । उनले ३३ बलमा १० चौका र ८ छक्कासहित शतक पूरा गर्दै अविजित रहे ।

दक्षिण अफ्रिकाले दिएको १७० को लक्ष्य पछ्याएको न्यूजिल्याण्डले १ विकेटको क्षतिमा १७३ रन बनाउँदै फाइनल प्रवेश गरेको थियो । महत्वपूर्ण खेलमा फिनले टिमको आवश्यकता अनुसार खेले । उनको महत्वपूर्ण पारीको सहयोगमा न्यूजिल्याण्डले दोस्रो पटक टी–२० विश्वकपको फाइनलमा स्थान बनाएको थियो । उनले ८ इनिङ्समा १ शतक र १ अर्धशतकको सहयोगमा २९८ रन बनाए ।

ज्याकोब बेथेल (इङ्ल्याण्ड)

null
इङ्ल्याण्डका मध्यक्रमका ब्याटर ज्याकोब बेथेलले पनि २०२६ को विश्वकपमा शतकीय पारी खेले । उनले दोस्रो सेमिफाइनलमा भारतविरुद्ध शतकीय पारी खेलेका हुन् । मुम्बईको वानखेडे स्टेडियममा उनले ४८ बलमा ८ चौका र ७ छक्कासहित १०५ रनको पारी खेलेका हुन् । उनी १०५ रनमा रनआउट भएपछि इङ्ल्याण्डको जितको आधार खोसिएको थियो । ७ रनले भारतसँग सेमिफाइनलमा पराजित हुँदै इङ्ल्याण्डले २०२६ को विश्वकप सकेको थियो । बेथेलले ८ इनिङ्समा १ शतक र १ अर्धशतकसहित २८० रन बनाए ।

ह्यारी ब्रुक (इङ्ल्याण्ड)

nullnullnull
इङ्ल्याण्डका कप्तान ह्यारी ब्रुकले विश्वकप २०२६ मा शतकीय पारी खेले । उनी टी–२० विश्वकपमा शतक प्रहार गर्ने पहिलो कप्तान बने। उनले पाकिस्तानविरुद्ध पाल्लेकेले स्टेडियममा वान डाउन आएका ह्यारी ब्रुकले ५१ बलमा १० चौका र ४ चौकासहित शतक पूरा गरेका हुन् । उनको सम्हालिएको शतकीय पारीको सहयोगमा इङ्ल्याण्डले पाकिस्तानमाथि २ विकेटको जित दर्ता गर्दै सेमीफाइनलमा स्थान पक्का गरेको थियो । उनले ८ खेलमा ८ इनिङ्स खेल्दै १ शतक र १ अर्धशतकसहित कुल २२८ रन जोडे ।

पाथुम निशंका (श्रीलंका)

null
 श्रीलंकाका ओपनर ब्याटर पाथुम निशंकाको नाम शतक प्रहार गर्ने खेलाडीको सूचीमा छ । उनले समूह ‘बी’ अन्तर्गत समूह चरणको खेलमा अष्ट्रेलियाविरुद्ध शतकीय पारी खेलेका थिए । श्रीलंकाले समूह चरणमा अष्ट्रेलियालाई ८ विकेटले हराएको थियो ।

अष्ट्रेलियाले दिएको १८२ रनको विजयी लक्ष्य पछ्याएको  श्रीलंकाको जितमा पाथुमले शतकीय पारी खेलेका थिए । उनले ५२ बलमा १० चौका र ५ छक्कासहित शतक पूरा गरेका हुन् । उनी शतक प्रहार गर्दै अविजित रहेका थिए । घरेलु मैदान पाल्लेकेलेमा श्रीलंकाले अष्ट्रेलियालाई हराउँदा पाथुमको शतकीय पारी टिमले निकै पछिसम्म सम्झने छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.