काठमाडौं : फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक मत गणना जारी रहेको छ। हालसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार प्रत्यक्ष र समानुपातिकमा सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि छ।
समानुपातिकतर्फ १ करोड ३ लाख ८०,०३१ मतगणना सम्पन्न भएको छ। हालसम्म ६ वटा पार्टीले तीन प्रतिशत थ्रेस होल्ड कटाएर राष्ट्रिय पार्टी बनेका छन्।
आयोगका अनुसार रास्वपाले ४९ लाख ८१ हजार ९७३ मत पाएर पहिलो दल बनेको छ। त्यस्तै दोस्रोमा कांग्रेसले १६ लाख ८८ हजार ८, तेस्रो नेकपा एमालेले १४ लाख ४ हजार ८५०, नेपाली कम्युनिस्ट पार्टीले ७ लाख ६४ हजार ९७५, श्रम संस्कृति पार्टीले ३ लाख ५३ हजार ६१६ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २३ हजार ९४२ मत ल्याएको छ। अन्य दलले थ्रेस होल्ड कटाउन सकेका छैनन्।
निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ पनि सबैभन्दा धेरै राष्ट्रिय स्वतन्त्र पार्टीले १२५ सिट जितेको छ। दोस्रोमा नेपाली कांग्रेसले १८, तेस्रोमा नेकपा एमालेले ९, नेपाली कम्युनिस्ट पार्टीले ८, श्रम संस्कृति पार्टीले ३, राष्ट्रिय स्वतन्त्र पार्टीले १ र एक जना स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भएका छन्।
प्रतिक्रिया दिनुहोस !