प्राथमिक स्वास्थ्य उपचार केन्द्रको मुख्यगेट भाँच्चिदा ३ बालक घाइते

प्राथमिक स्वास्थ्य उपचार केन्द्रको मुख्यगेट भाँच्चिदा ३ बालक घाइते
सुन्नुहोस्

महोत्तरी : महोत्तरीको रामगोपालपुर-६ स्थित प्राथमिक स्वास्थ्य उपचार केन्द्र विशम्भरपुरको मुख्यगेट भाँच्चिदा ३ बालकहरू घाइते भएका छन्। आइतबार बिदाको मौका छोपी खेल्ने क्रममा सो घटना घटेको हो।

मुख्यगेट भाँच्च्दिा स्थानीय विरेन्द्रकुमार यादवको वर्ष ७ को छोरा रबिन यादव, मनोज यादवको वर्ष ७ को गौतम यादव र शिवशंकर यादवको वर्ष ८ को दिपेश यादव रहेका छन्। उनीहरुमध्ये रबिनको अवस्था गम्भीर रहेको छ। बालक रबिनको कम्मरमा अत्याधिक चोट लागेकोले उनलाई थप उपचारका लागि काठमाडौं लगिएको उनका बुबा विरेन्द्रले बताए।

मधेश प्रदेश सरकारको लागतमा नवनिर्मित पर्खाल र गेट निर्माण केही दिन अगाडि मात्र ४५ लाखको लागतमा निर्माण भएको थियो।

घटना सम्बन्धमा रामगोपालपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत अच्छेलाल दासले यस घटनाको सम्बन्धमा विस्तृतमा बुझि आवश्यक कदम उठाइने बताएका छन्। बिदाको दिनमा घटना घटेकाले कार्यालय सुनसान हुँदा वास्तविक अझ बाहिर आउन नसकेको अधिकृत दासले सुनाएका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.