एन्फा र खेलाडी संघबीच सहमति, ‘ए’ डिभिजिन लिगको उद्घाटन खेल चैत ३० मा
काठमाडौं : अखिल नेपाल फुटबल संघ(एन्फा) र फुटबल खेलाडी संघबीच ‘ए’ डिभिजन लिगका विषयमा सहमति भएको छ। मंगलबार पत्रकार सम्मेलनमा एन्फा र खेलाडी संघको सहमतिको विषयको जानकारी गराइएको हो।
लिगबारे स्पष्ट पार्दै एन्फाले आगामी चैत ३० गते ए डिभिजन लिगको उद्घाटन खेल हुने गरी सहमति भएको हो। लिग सुरु गर्न जारी राष्ट्रिय लिगको तालिकामा भने केही फेरबदल हुने भएको छ। राष्ट्रिय लिगको तालिकामा फेरबदल गरिने एन्फा लिग निर्देशक सञ्जीव मिश्रले पत्रकार सम्मेलनमा जानकारी गराए।
हाल राष्ट्रिय लिग चैत २९ सम्म हुनेगरी तालिका सार्वजनिक भएको थियो । जसमा आज भएको सहमतिअनुसार केही तालिकामा फेरबदल हुने भएको छ। बारम्बार खेलाडी संघ र अभिभावकीय संस्था एन्फाबीच हुन नसकेको सहमति आज भएको हो। टप टायरको लिगको माग गर्दै खेलाडी संघले बारम्बार एन्फामा धर्ना तथा विभिन्न विरोधको कार्यक्रमहरू गर्दै आएको थियो।
प्रतिक्रिया दिनुहोस !