भारत भ्रमणमा जाँदै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई
काठमाडौं : पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भारत भ्रमणमा जाने भएका छन्। उनी बुधबार भारतको नयाँ दिल्लीमा प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ।
नयाँ दिल्लीमा आयोजना हुने ‘एनएक्सटी २०२६’ ग्लोबल समिटमा सहभागी नेता भट्टराई भारत जान लागेका हुन्। नयाँ दिल्लीको भारत मण्डपममा मार्च १२, १३ र १४ मा उक्त समिट आयोजना हुँदैछ। भट्टराई ‘गेस्ट अफ अनर’को रुपमा समिटमा सहभागी हुने उनको सचिवालयको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !