रौतहटमा बदर मतको संख्या उच्च
रौतहट : हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बदर मतको संख्या बढी रहेको देखिएको छ। जिल्ला निर्वाचन कार्यालय रौतहटका अनुसार मतदानका क्रममा खसेको २ लाख ९२ हजार ५२९ मतमध्ये २२ हजार ९ सय ९३ मत अमान्य ठहर भएको हो।
जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा ४ लाख ३६ हजार ६११ मतदाता रहेका छन्। मत बदर हुने मुख्य कारणमा मतपत्रमा सही स्थानमा छाप नलगाउने, एकभन्दा बढी ठाउँमा छाप लगाउने वा निर्दिष्ट स्थान बाहिर छाप पर्ने जस्ता त्रुटीहरू मतगणनाका क्रममा भेटिएको निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले बताए। निर्वाचनअघि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिए पनि छोटो समयका कारण अपेक्षाअनुसार प्रभावकारी हुन नसकेकाले बदर मतको संख्या बढेको दासले बताए।
रौतहटका चारवटै निर्वाचन क्षेत्रमा प्रत्यक्ष तर्फको मतगणना सम्पन्न भइसकेको छ भने समानुपातिक मत परिणाम बुधबारसम्म सार्वजनिक गर्ने तयारी अनुसार काम भइरहेको प्रमुख दासले बताए।
प्रतिक्रिया दिनुहोस !