'महाकुम्भ भाइरल गर्ल' मोनालिसाले प्रेमीसँग विवाह गर्दा किन परिन् विवादमा ?

'महाकुम्भ भाइरल गर्ल' मोनालिसाले प्रेमीसँग विवाह गर्दा किन परिन् विवादमा ?
सुन्नुहोस्

काठमाडौं : महाकुम्भ २०२५ बाट एकाएक चर्चामा आएकी 'भाइरल गर्ल' मोनालिसाले विवाह गरेकी छिन्। महाकुम्भमा भाइरल भएसँगै अभिनेत्री बनेकी मोनालिसाले परिवारको इच्छाविपरीत आफ्नो प्रेमी फरमान खानसँग केरलामा विवाह गरेकी छिन्। परिवारको कडा विरोधका बावजुद उनले तिरुवनन्तपुरमको एक मन्दिरमा हिन्दू रीतिरिवाज अनुसार विवाह  गरेकी हुन् ।

प्रयागराज महाकुम्भमा रुद्राक्षको माला बेचिरहेको अवस्थामा उनी गाजलु आँखा र 'मिलियन डलर स्माइल'ले रातारात भाइरल भएकी थिइन्। उनी भाइरल हुँदा १६ वर्षको मात्र भएको र अहिले पनि नाबालिग नै रहेको केही रिपोर्टहरूमा दाबी गरिएको छ। यसले गर्दा यो 'बाल-विवाह' हुन सक्ने आशंका उब्जिएको छ। तर उनका पति फरमान खानले प्रतिक्रिया दिँदै मोनालिसा नाबालिग नभएको बताएका छन्। उनले सञ्चारमाध्यमलाई विवाह दर्ता प्रमाणपत्र देखाउँदै मोनालिसा १८ वर्ष पूरा भइसकेको (वयस्क) प्रमाण पेश गरेका छन्। 

मोनालिसाले आफ्ना बुबाले जबर्जस्ती अर्को व्यक्तिसँग विवाह गरिदिन लागेको भन्दै केरला प्रहरीसँग सुरक्षा मागेकी थिइन्। प्रहरीले उनी वयस्क भएको ठहर गर्दै उनलाई आफ्नो इच्छा अनुसार बाँच्ने अनुमति दिएको थियो। मोनालिसाका पति पनि पेशाले अभिनेता हुन्। उनीहरुको प्रेम सम्बन्ध मात्र ६ महिना पुरानो हो। तर, यो प्रेम भावनात्मक रूपमा ६० वर्ष बराबरको गहिरो भएको फरमानले सञ्चारमाध्यमहरुलाई बताएका छन् । 

मोनालिसा इन्दौरकी बासिन्दा हुन् भने फरमान महाराष्ट्रका हुन्। उनीहरूबीच फेसबुकमार्फत प्रेम सम्बन्ध सुरु भएको थियो। हाल मोनालिसा एक मलायालम फिल्मको सुटिङका लागि केरलामा थिइन्, जहाँ उनले यो कदम चालेकी हुन्। यो विवाहलाई लिएर सामाजिक सञ्जालमा 'लभ जिहाद' सम्बन्धी बहस चर्किएको छ।

उनको विवाहका तस्बिर र भिडियोहरू यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। जसमा मोनालिसा दुलहीको पहिरनमा आफ्ना पति फरमान खानसँग निकै खुसी देखिएकी छिन्। 

यसैबीच, मोनालिसालाई बलिउडमा डेब्यु गराउन लागेका निर्देशक सनोज मिश्राले यस विवाहप्रति कडाआपत्ति जनाएका छन्  मिश्राले सामाजिक सञ्जालमा एउटा लामो पोस्ट लेख्दै यस कदमलाई 'लभ जिहाद' को संज्ञा दिएका छन्। उनले लेखेका छन्, 'यो मेरो जीवनकै सबैभन्दा खराब दिन हो। एउटी गरिब र जङ्गलमा बस्ने केटी, जसलाई मैले महाकुम्भमा देखेपछि तालिम दिएर नायिका बनाउने सपना देखेको थिएँ, उनले आज सबै नष्ट गरिन्।'

मिश्राका अनुसार मोनालिसालाई फिल्म क्षेत्रमा स्थापित गराउन खोज्दा उनले धेरै शत्रुहरू कमाएका थिए र झुटा आरोपमा जेलसमेत जानु परेको थियो। उनले जेलभित्रै बसेर फिल्मको कथा तयार पारेको र १० करोडको ऋण लिएर फिल्म पूरा गरेको दाबीसमेत गरेका छन्।

निर्देशक मिश्राले मोनालिसाको विगतको संघर्षपूर्ण जीवनबारे पनि खुलासा गरेका छन्। उनका अनुसार मोनालिसाका बुबाले दोस्रो विवाह गरेपछि उनकी वास्तविक आमाले माग्नेको जस्तै अवस्थामा सडकमा माला बेचेर जीवन गुजारा गरिरहेकी थिइन्। मोनालिसाले यो पीडा आफूसँग धेरै पटक साझा गरेको र परिवारबाट अलग्गिने इच्छा व्यक्त गरेको मिश्राले बताएका छन्।

मिश्राले यस विवाहमा मोनालिसाका म्यानेजर र आफ्ना विरोधीहरूको हात रहेको गम्भीर आरोप लगाएका छन्। उनले थोरै पैसाको लोभमा परेर मोनालिसाले आफ्नो करियर र भविष्य बर्बाद पारेको टिप्पणी गरेका छन्।

'जसका लागि मैले आफ्नो जीवन समर्पित गरेँ, उनैले आज मलाई कतै जवाफ दिन नसक्ने अवस्थामा पुर्‍याइन्,' मिश्राले लेखेका छन्, 'आज उनका बुबा प्रहरी चौकी नजिकै बसेर एक्लै रोइरहेका छन्। कसैलाई फोहोरबाट उठाएर ठूलो बनाउन खोज्नु मेरो गलत निर्णय थियो कि जस्तो लाग्दैछ।' उनले भने ।

फिल्म 'द डायरी अफ मणिपुर' संकटमा

सनोज मिश्राले मोनालिसालाई मुख्य भूमिकामा लिएर 'द डायरी अफ मणिपुर' नामक चलचित्र निर्माण गरेका छन्। केही समयअघि मात्रै प्रयागराजमा यसको ट्रेलर सार्वजनिक गरिएको थियो। तर, फिल्म प्रदर्शनको संघारमा रहँदा मुख्य अभिनेत्रीले नै यस्तो कदम चालेपछि फिल्मको भविष्य र लगानीलाई लिएर निर्देशक मिश्रा निकै चिन्तित र मर्माहित देखिएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.