नोरा फतेही अभिनित गीत युट्युबबाट हटाइयो
काठमाडौं : बलिउड अभिनेत्री नोरा फतेही अभिनित गीत ‘सर्की चुनरी तेरी’ विवादमा परेपछि युट्युबबाट हटाइएको छ। केडी द इभिल फिल्मको उक्त गीत सार्वजनिक भएदेखि नै सामाजिक सञ्जालमा तीव्र आलोचना भएको थियो। गीतमा अश्लील तथा यौन संकेतयुक्त शब्द र दृश्य रहेको आरोप लागेपछि विवाद चर्किएको हो।
यसैबीच भारतको मानव अधिकारी आयोगले यस विषयमा पचाचार गरेपछि गीतको हिन्दी संस्करण युट्युबबाट हटाइएको हो। गीतविरुद्ध कानुनी उजुरीसमेत परेपछि निर्माता पक्षले युट्युबसहित अन्य प्लेटफर्मबाट पनि उक्त गीत हटाएको जनाइएको छ।
यस घटनाले फिल्मको प्रचार अभियानमा ठूलो असर परेको निर्माताले बताएका छन्।
प्रतिक्रिया दिनुहोस !