आभास
मानिस आउँछ
मानिस जान्छ
सर्वजनीन स्वाभाविक प्रक्रिया ।
न गइसकेपछि देख्न सकिन्छ !
रहुञ्जेल मात्र त हो
एक अर्कालाई हेर्ने ।
रहनुबीच एउटा आभास
छोडेर जान्छ मानिस
बस्, त्यति नै त हो
मानिस हुनुको तात्पर्य !
सुरेश !
तिम्रो आभास महसुस गर्दैछौं !
तिम्रो सजीव उपस्थिति झैं
हृदयमा सधैं प्रतीत भइरहने
तिम्रो आभास...!
(नेपालभाषाका कवि सुरेश किरणको सम्झनामा)
प्रतिक्रिया दिनुहोस !