'धुरन्धर २' ले आफ्नै पहिलो भागको रेकर्ड ताेड्दै रच्यो नयाँ इतिहास

'धुरन्धर २' ले आफ्नै पहिलो भागको रेकर्ड ताेड्दै रच्यो नयाँ इतिहास
सुन्नुहोस्

मुम्बई : बलिउड अभिनेता रणवीर सिंहको पछिल्लो चलचित्र 'धुरन्धर २: द रिभेन्ज' ले बक्स अफिसमा एकपछि अर्को गर्दै ऐतिहासिक कीर्तिमानहरू तोडिरहेको छ। प्रदर्शनको दोस्रो सातामा प्रवेश गर्दा पनि यो चलचित्रको क्रेज घटेको छैन, बरु यसले व्यापारका नयाँ मानकहरू स्थापित गरिरहेको छ।

'धुरन्धर २' ले प्रदर्शनको ११औँ दिनमा भारतमा मात्र ६८.१० करोड नेट कलेक्सन गरेको छ। यससँगै भारतमा यसको कुल नेट कलेक्सन ८४६.८७ करोड पुगेको छ। यो कमाइले यसअघिको 'धुरन्धर' को पहिलो भागको लाइफटाइम कलेक्सन (८०४ करोड) लाई उछिनेको छ।

विश्वव्यापी बजारमा पनि चलचित्रको प्रदर्शन निकै आक्रामक देखिएको छ। विदेशमा यसले करिब ३५० करोडको व्यापार गरिसकेको छ, जसका कारण चलचित्रको कुल विश्वव्यापी ग्रस कलेक्सन १,३६१.९५ करोड पुगेको छ। यो आँकडासँगै 'धुरन्धर २' ले पहिलो भागको विश्वव्यापी रेकर्ड (१,३०७ करोड) लाई समेत पछाडि पारेको छ।

प्रख्यात ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार, 'धुरन्धर २' दोस्रो हप्तामा सबैभन्दा बढी कमाउने हिन्दी चलचित्र बनेको छ। दोस्रो हप्ताको शुक्रबारदेखि आइतबारसम्म मात्र यसले १६४ करोड कमाएको छ, जबकि यसको पहिलो भागले सोही अवधिमा १४६.६० करोड कमाएको थियो।

'धुरन्धर २' को यो अभूतपूर्व सफलता र सिनेमाघरहरूमा यसको एकछत्र राजका कारण अक्षय कुमारको आगामी चलचित्र 'भूत बंगला' को प्रदर्शन मिति समेत सारिएको छ। 'धुरन्धर २' सँगको टक्करबाट बच्नका लागि अब यो चलचित्र १० अप्रिलको सट्टा १७ अप्रिल, २०२६ मा मात्र प्रदर्शन हुने बताइएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.