एमालेले भन्यो- शान्तिपूर्ण आन्दोलनमा सरकारले अत्यधिक बल प्रयोग गर्‍यो


काठमाडौं : पार्टी अध्यक्ष केपी शर्मा ओ‌लीलाई प्रतिशोध साँधेर प्रकउ गरेको भन्दै नेकपा एमालेले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। मंगलबार बसेको सचिवालय बैठकले चैत २४ गतेदेखि देशव्यापी विरोधको कार्यक्रम सार्वजनिक गरेको हो।

एमाले महासचिव शंकर पोखरेलका अनुसार चैत २५ गते जिल्ला तहमा आन्दोलन केन्द्रित बृहत् भेला गर्ने, २८ गते सबै पालिकामा विरोध प्रदर्शन गर्ने, वैशाख ३ गते वडा तहमा भेला गर्ने, वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन गर्ने र वैशाख १२ गते राजधानीमा विशाल विरोध प्रदर्शन आयोजना हुनेछ।
त्यस्तै सरकारले विद्यार्थी तथा पेशागत संगठनहरू खारेज गर्ने तयारी गरिरहेका बेला एमालेले आफ्ना सम्बन्धित सबै जनसंगठनहरूलाई आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने निर्देशन दिएको छ। 

त्यस्तै सर्वपक्षीय नागरिक संवादका लागि उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीन बहादुर शाही लाई जिम्मेवारी दिइएको महासचिव पोखरेलले जानकारी दिए।

त्यस्तै संसदभित्र दलहरूसँग सहकार्य र प्रभावकारी प्रस्तुति गर्ने जिम्मेवारी उपाध्यक्ष राम बहादुर थापा बादल र सचिव पद्मा अर्याललाई जिम्मेवारी तोकेको छ। त्यस्तै एमालेले भोलि ३ बजे संसदीय दलको बैठक  बोलाएको छ।

महासचिव पोखरेलले अध्यक्ष ओली नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रतिशोपूर्ण गिरफ्तारी गरेको निष्कर्ष निकालेको छ। त्यस्तै एमालेले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारले अत्यधिक बल प्रयोग गरेको जनाएको छ। सरकारको उक्त कदमप्रति एमालेले कडा शब्दमा निन्दा गरेको छ।

'प्रतिशोधपूर्ण धरपकडले सरकार आतंकतर्फ उन्मुख भएको छ। अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर संकट उत्पन्न भएको छ। त्यसका लागि सबै राजनीतिक दल र नागरिक समाजका अगुवाहरूसँग अपील गर्न चाहन्छौं,' महासचिव पोखरेलले भने।  


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.