एएनओ थाइल्याण्डको अध्यक्षमा अमरा

एएनओ थाइल्याण्डको अध्यक्षमा अमरा
सुन्नुहोस्

बैंकक : थाइल्याण्डमै जन्मेकी पाचौं पुस्ताकी अमरा राई नेपाली मूलका मानिसहरुको संगठन एशोसिएसन अफ नेपाली ओरिजिन(एएनओ) थाइल्याण्ड कमिटी अध्यक्ष चयन भएकी छन्।

मार्च २९ गते आइतबार अपरान्ह बैंककमा आयोजित एक कार्यक्रममा थाइल्याण्डमै जन्मेका र पुस्तौंदेखि थाइल्याण्ड र वर्मामा बसोबास गरिरहेका नेपालीहरूको सहभागिता रहेको थियो। स्थानीय नेपालीहरूसँगको छलफल, नेपाली सांस्कृतिक प्रस्तुति र कमिटी गठन गरी तीन चरणमा कार्यक्रम सम्पन्न भएको थियो। 

सो कार्यक्रममा थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले नेपाली कला, संस्कृति, भाषा र परम्परालाई नेपाली मूलका मानिसहरूमा पुस्तान्तरण गर्ने एएनओको अभियानले सकारात्मक परिणाम ल्याउने विश्वास व्यक्त गरे। उनले स्थानीयस्तरका नेपाली संस्थाहरूसँग सहकार्य गर्दै नेपाली भाषा, संस्कृतिको कामलाई अघि बढाउन सुझाव दिए।

कार्यक्रममा एएनओका महासचिव चूडामणि भट्टराईले एएनओको निवेदनलाई स्वीकार गर्दै नेपाल सरकारले अब कुनै पनि नेपाली मूलको मानिस नेपाल जाँदा विमानस्थलमा विदेशीको लाइनमा बस्नु नपर्ने व्यवस्था मिलाएको जानकारी दिए। 

आफ्नो मातृ पितृ भूमि पुग्दा विदेशीको लाइनमा बस्नु नपर्ने गरी नेपाली मूलका लागि छुट्टै व्यवस्था गर्दा संसारभरका नेपालीले सम्मानित महसुस गरेकोमा उनले नेपाल सरकारलाई धन्यवाद दिए। इतिहासमै नेपाली मूलका विदेशी नागरिकलाई सरकारले पहिलोपल्ट सम्बोधन गरेको बारे कार्यक्रममा चर्चा भएको थियो।

कार्यक्रममा क्यालिफोर्निया स्टेट युनिभर्सिटीका प्राध्यापक डा. मोहन डांगीले नेपालीपनको विस्तारको एजेण्डाले मन छोएको बताए। बैंककलाई कर्मभूमि बनाएर प्राध्यापनरत नेपाल पोलिसी इन्टिट्युडका अध्यक्ष डा. खगेन्द्र ढकालले गैरआवासीय नेपाली संघले ३ पुस्ताभित्रका नेपालीमात्र समेट्ने भएकाले त्यस बाहिरका नेपालीलाई समेट्ने संस्थाको रुपमा एएनओ आएकोमा खुसी व्यक्त गरे। 

गैरआवासीय नेपाली संघ एसिया प्रशान्त क्षेत्र उपप्रमुख भविन्द्र बस्नेत, प्रध्यापक भारती लिम्बुनी समेतको सहभागिता रहेको कार्यक्रममा मेरो भ्वाइस युनिभर्स र डान्स युनिभर्सको सिजन एक र दुईमा थाइल्याण्ड र वर्माबाट सहभागी कलाकारहरूले पितृभूमि नेपालको सम्झना र नेपाली मूल हुनुको गौरव झल्काउने प्रस्तुति  दिएका थिए।

एएनओको बोर्ड अफ ट्रष्टी सदस्य वात्सना राई र केन्द्रीय कार्य सम्पादन समितिका सदस्य राज कर्माचार्यको समेत उपस्थितिमा गठित राई नेतृत्वको एएनओ थाइल्याण्ड राष्ट्रिय कमिटीमा मिलन घिमिरे, नरेश पाण्डे, सोनिया राई, एमी राई, वसन्ती प्रधान, दीपा पौडेल, अस्मिता न्यौपाने, सुमन कार्की र विक्की सिन्च्यूरी रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.