मुलुकमा सुशासनको बेग कुनै हालतमा रोकिँदैन : लामिछाने
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेले अब मुलुकमा सुशासनको बेग कुनै हालतमा नरोकिने जिकिर गरेका छन्।
बिहीबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा सम्बोधन गर्दै लामिछानेले यसअघि जस्तो अब आफ्नालाई जोगाउन र अरूलाई फसाउन कानुन नै संशोधन हुने क्रम अब नहुने बताएका हुन्। सहिदको आमाको न्याय पाउने पहिलो हक भएकाले त्यसलाई प्रतिशोध भन्न नपाइने बताए।
सभापति लामिछानेले बिचौलिया र माफियाले थिचिएको निजी क्षेत्रलाई अब त्यस्तो दबाब नपर्ने भन्दै समान अवसर र व्यावसायिक वातावरण सरकारले मिलाउने प्रतिबद्धता व्यक्त गरे।
आफूहरू प्रश्न गरेर नै अहिलेको अवस्थामा आएको भन्दै सभापति लामिछानेले अब बोलेर नभइ कामबाट आफूलाई प्रमाणित गर्नुपर्ने उल्लेख गरे।
प्रतिक्रिया दिनुहोस !