प्रदेश संरचना खारेज गर्न सरकारलाई सहयोग गर्न तयार छौं : ज्ञानेन्द्र शाही
काठमाडौं : प्रतिनिधिसभाका सदस्य ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्ने कार्यमा वर्तमान सरकारलाई सहयोग गर्न तयार रहेको बताएका छन् ।
विहीबारबाट सुरु भएको प्रतिनिधिसभाको पहिलो वैठकलाई सम्बोधन गर्दै शाहीले प्रदेश संरचना खारेजीका लागि सरकारलाई आवश्यक दुई तिहाइ पुर्याउन राप्रपाले सहयोग गर्ने बताए ।
उनले प्रदेश संरचना सञ्चालनका लागि वर्षेनी एक खर्ब बजेट खर्च भइरहेको समेत बताएका छन् । राप्रपा संसदीय दलका नेता समेत रहेका शाहीले जेनजी घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गरे । उनले अघिल्लो सरकारले बहुमत दम्भ देखाउँदा अहिलेको परिस्थिति आएको बताएका छन् ।
उनले भने, ‘जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्। विगतका कमजोरीहरू नदोहोरियोस् । विधिको शासनमा अडिग शासन सञ्चालन होस् ।’ उनले अहिलेको सरकार जनताको आशा र भरोसाको दियो रहेको समेत बताए । उनले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङले भ्रष्टाचारको सबै फाइल खोल्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस !