सदनमा मेरो भूमिका पक्ष–विपक्ष नभई निष्पक्ष हुनेछ : महाबीर पुन


काठमाडौं : प्रतिनिधिसभाका स्वतन्त्र सांसद महाबीर पुनले सदनमा आफ्नो भूमिका पक्ष–विपक्षमा नभई निष्पक्ष हुने बताएका छन् । बिहीबारबाट सुरु भएको प्रतिनिधिसभाको पहिलो वैठकलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य पुनले आफू अचम्मको सांसद सदनमा आइपुगेको बताएका छन् ।

उनले आफ्नो बोल्ने, काम गर्ने तरिका नै फरक भएकाले सबैसँग मिल्न नसक्ने बताए । उनले आफू आउनै नपर्ने मान्छे सदनमा आइपुगेको पनि बताएका छन् । उनले आफू अमेरिकामा पढेर २०४९ साल भदौं महिनामा आएको बताउँदै त्यसयता एउटा झोला बोकेर स्वयमसेवाको रुपमा काम गरिरहेको बताए।

उनले आफू राजनीतिकर्मी नभएकाले सदनमा पनि समाजसेवीकै रुपमा भूमिका निर्वाह गर्ने बताए । समाजसेवी भएकै कारण प्रतिनिधिसभामा उम्मेदवार हुने रहर नभएको बताउँदै भदौ २३, २४ को आन्दोलनपछि जेनजी युवाहरुले नै बोलाएर शिक्षा तथा विज्ञानमन्त्री बनाई दिएको पनि बताए । सो बेला आफू ताप्लेजुङको गाउँ गाउँमा किताव बेचिरहेको समेत बताए । उनले चार महिना मन्त्री हुँदा शिक्षा क्षेत्रको राजनीतिकरण, विकृतिहरु देखेर ती हटाएर विद्यालय र विश्वविद्यालयहरुमा विशुद्ध अध्ययनको वातावरण बनाउन प्रयास गरेको बताए ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.