युएइमा ‘ड्रोन’ खस्दा घाइते सबै नेपाली खतरामुक्त

युएइमा ‘ड्रोन’ खस्दा घाइते सबै नेपाली खतरामुक्त
फाइल फोटो

अबुधाबी : युनाइटेड अरब इमिरेट्स (युएई) को अब्जान क्षेत्रमा ‘ड्रोन’ का अवशेष खस्दा घाइते भएका नेपालीहरूको अवस्था खतरामुक्त रहेको अबुधावीस्थित नेपाली दूतावासले जनाएको छ । 

दूतावासका अनुसार ३ अप्रिल २०२६ मा भएको उक्त घटनामा घाइते भएका ७ जना नेपालीमध्ये ६ जना सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । दूतावासका अनुसार बाँकी एक जना गम्भीर घाइते भने अझै अस्पतालमा उपचाररत छन् । यद्यपि उनको अवस्था पनि खतरामुक्त रहेको र छिट्टै डिस्चार्ज हुने सम्भावना रहेको जनाइएको छ । 

दूतावासले सबै घाइतेसँग टेलिफोनमार्फत सम्पर्क राख्नुका साथै केहीसँग प्रत्यक्ष भेटघाट गरी अवस्थाबारे जानकारी लिएको जनाएको छ । घटनापछि आवश्यक सहयोग र समन्वयका लागि दूतावास निरन्तर सक्रिय रहेको उल्लेख गर्दै युएई सरकारले घाइतेहरूको उपचार व्यवस्थापन गरिरहेको जनाएको छ । साथै मध्यपूर्वमा विकसित भइरहेको परिस्थितिलाई ध्यानमा राख्दै त्यहाँ रहेका नेपाली नागरिकलाई स्थानीय सुरक्षा निकायका निर्देशन पालना गर्न र आधिकारिक स्रोतबाट प्राप्त सूचनामा मात्र विश्वास गर्न आग्रह गरिएको छ । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.