ग्यालेक्सी ए५७ र ए३७ फाइभजी सार्वजनिक गर्दै सामसङ, आकर्षक अफरसहित प्रि-अर्डर खुला

ग्यालेक्सी ए५७ र ए३७ फाइभजी सार्वजनिक गर्दै सामसङ, आकर्षक अफरसहित प्रि-अर्डर खुला
सुन्नुहोस्

काठमाडौं: सामसङ नेपालले आफ्नो नयाँ ए सिरिजअन्तर्गत ग्यालेक्सी ए५७ फाइभजी र ग्यालेक्सी ए३७ फाइभजी नेपाली बजारका लागि सार्वजनिक गर्दै प्रि–अर्डर खुला गरेको छ। यी डिभाइसहरूमा आकर्षक डिजाइन, स्मार्ट क्यामेरा प्रणाली र उन्नत सफ्टवेयर सुविधासहित बजारमा ल्याइएको हो।

कम्पनीले पेशेवर, विद्यार्थी र दैनिक प्रयोगकर्तालाई लक्षित गर्दै सार्वजनिक गरेको यो नयाँ सिरिजले दैनिक कामलाई अझ सहज, छिटो र स्मार्ट बनाउने उद्देश्य राखेको छ। नेपालमा यी दुवै मोडलको प्रि–अर्डर अप्रिल ५ देखि अप्रिल १८ सम्म वा स्टक उपलब्ध रहेसम्म खुला रहने सामसङ नेपालले बताएको छ।

सामसङ नेपालका वरिष्ठ निर्देशक प्रणयरत्न स्थापितले नयाँ ग्यालेक्सी ए सिरिजले कृत्रिम बुद्धिमत्ता अर्थात् एआईलाई अझ धेरै प्रयोगकर्तासम्म पुर्‍याउने कम्पनीको प्रतिबद्धता झल्काउने बताए। सामसङको मुख्य प्रविधिसँग ‘असम इन्टेलिजेन्स’ जोडिएपछि ग्यालेक्सी ए५७ फाइभजी र ए३७ फाइभजीले दैनिक प्रयोगका लागि भरपर्दो र सहज अनुभव दिनेछन्। साथै २४ महिनासम्मको ईएमआई सुविधा ल्याएर अत्याधुनिक प्रविधिलाई अझ धेरै प्रयोगकर्ताका लागि पहुँचयोग्य बनाइएको उनले बताए।

कम्पनीले प्रि–अर्डरसँगै विशेष अफरहरू पनि सार्वजनिक गरेको छ। ग्यालेक्सी ए५७ फाइभजीको १२ जीबी भेरियन्ट खरिद गर्दा ४ हजार रुपैयाँ बराबरको मेमोरी अपग्रेड सुविधा उपलब्ध हुनेछ। त्यस्तै ग्यालेक्सी ए३७ फाइभजी मा २ हजार ५०० रुपैयाँ बराबरको मेमोरी अपग्रेड अफर दिइएको छ।

ग्यालेक्सी ए५७ फाइभजीको १२ जीबी/२५६ जीबी भेरियन्टको मूल्य ८९ हजार ९९९ रुपैयाँ तोकिएको छ भने ८ जीबी/२५६ जीबी भेरियन्टको मूल्य ८४ हजार ९९९ रुपैयाँ कायम गरिएको छ। 

त्यसैगरी ग्यालेक्सी ए३७ फाइभजीको १२ जीबी/२५६ जीबी भेरियन्ट ७९ हजार ९९९ रुपैयाँ, ८ जीबी/२५६ जीबी भेरियन्ट ७२ हजार ९९९ रुपैयाँ र ८ जीबी/१२८ जीबी भेरियन्ट ६४ हजार ९९९ रुपैयाँमा उपलब्ध हुनेछ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.