प्रधानमन्त्री कप क्रिकेट : बागमतीसँग कोशी, गण्डकीविरुद्ध मधेस भिड्दै

प्रधानमन्त्री कप क्रिकेट : बागमतीसँग कोशी, गण्डकीविरुद्ध मधेस भिड्दै
सुन्नुहोस्

वीरगन्ज : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार दुई खेल हुँदैछ। वीरगन्जस्थित नारायणी मैदानमा गण्डकी र मधेस प्रदेश भिड्दैछन् भने जनकपुरधामस्थित रामजानकी मैदानमा कोशी र बागमतीबीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल बिहान ९ बजेपछि सुरु हुनेछ। प्रतियोगितामा मधेसले छैठौं र गण्डकीले सातौं खेल खेल्न लागेका हुन्। यसअघि खेलेका पाँच खेलमा मधेसले सात अंक बटुलेको छ। तीन खेलमा जित हात पारेको मधेसले एक खेलमा पराजय भोग्दा अर्को खेल वर्षाका कारण रद्द भएको थियो। 

चैत ७ गते प्रतियोगिताको उद्घाटन खेल वर्षाले रद्द हुँदा कोशीसँग अंक बाँडेको मधेसले त्यसयताको तीन खेलमा सानदार जित हात पारेको थियो। दोस्रो खेलमा सुदूरपश्चिमलाई पाँच विकेटले पराजित गरेको मधेसले तेस्रो खेलमा लुम्बिनीलाई २५ रनले पाखा लगाएको थियो। यसैगरी चौथो खेलमा कर्णालीमाथि पाँच विकेटको जित निकालेको मधेसले पाँचौं खेलमा भने विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग ६ विकेटले पराजित हुन पुगेको थियो। 

मधेसले अब चार खेल खेल्न बाँकी छ। मधेसले अबको चार खेलमा गण्डकी, बागमती, एपीएफ र पुलिसँंग भिड्नेछ। प्रतियोगिताको उपाधि भिडन्त र आगामी वर्ष हुने जय ट्रफी खेल्नका लागि मधेसलाई अबका बाँकी सबै खेल जित्नैपर्ने बाध्यता छ। 

तालिकाको शीर्ष दुईमा हुने टोलीले जारी प्रधानमन्त्री कपको फाइनल खेल्नेछन् भने शीर्ष चार टोली आगामी संस्करणको जय ट्रफीका लागि छनोट हुनेछन्। 

यस्तै ६ खेलमा दुई जित निकालेको गण्डकी दबाबमा छ। प्रतियोगितामा गण्डकीले तीन पराजय भोगेको छ भने एक खेलमा वर्षा बाधक बन्दा अंक बाँडेको छ। पहिलो खेलमा बागमतीसँग एक सय ७० रनले हारेको गण्डकीले दोस्रो खेलमा आर्मीसँग सात विकेटको पराजय भोगेको थियो। तेस्रो खेलमा वर्षा बाधक बन्दा पुलिससँग अंक बाँडेको गण्डकीले चौथो खेलमा एपीएफलाई ४३ रनले पाखा लगाएको थियो। पाँचौं खेलमा सुदूरपश्चिसँग दुई विकेटले हारेको गण्डकीले छैठौं खेलमा कोशीविरुद्ध ३९ रनको जित निकालेको थियो। 

प्रतियोगितामा गण्डकीले तीन खेल खेल्न बाँकी छ। मधेस, लुम्बिनी र कर्णालीसँग प्रतिस्पर्धा गर्न बाँकी गण्डकीलाई शीर्ष चारमा पर्न सबै खेलमा जित हात पार्दै अन्य टोलीको नजिता पर्खनुपर्ने हुन्छ। सबै खेलमा जित ननिकाले गण्डकीको यात्रा कठिन बन्नेछ। 
जनकपुरमा हुने अर्को खेलमा पुछारमा रहेको कोशीले आठौं स्थानमा रहेको बागमतीसँग खेल्नेछ। जारी प्रतियोगितामा कोशीले एक खेल पनि जित्न सकेको छैन। ६ खेलमा एक खेल वर्षाले रद्द हुँदा बाँकी पाँच वटै खेलमा कोशीले हार बेहोरेको छ। 

कोशीले लुम्बिनीसँग एक सय ४८ रन, कर्णालीसँग १६ रन, सुदूरपश्चिमसँग सात विकेट, पुलिससँग ६ विकेट र गण्डकीसँग ३९ रनले पराजय बेहोरेको थियो। कोशीले अब बागमती, एपीएफ र आर्मीसँग खेल्न बाँकी छ। कोशीको शीर्ष चारको सम्भावना भने समाप्त भइसकेको छ। 

सन्दीप लामिछाने नेतृत्वको बागमतीले पनि जारी प्रतियोगितामा राम्रो प्रदर्शन गर्न सकेको छैन। हालसम्म खेलेका ६ खेलमा दुई जित मात्रै निकालेको बागमतीले चार खेलमा हार बेहोरेको छ। गण्डकीलाई एक सय ७० रन र कर्णालीलाई ६० रनले पराजित गरेको बागमतीले एपीएफसँग ७१ रन, पुलिससँग सात विकेट, आर्मीसँग तीन विकेट र सुदूरपश्चिमसँग एक सय ६३ रनको लज्जास्पद हार 
बेहोरेको थियो। 

बागमतीले अब कोशी, मधेस र आर्मीसँग खेल्न बाँकी छ। शीर्ष चारमा पुग्ने झिनो सम्भावना रहेको बागमतीले सबै खेलमा जित हात पार्दै अरु टोलीको नजिता पर्खनुपर्ने हुन्छ। हाल आर्मी पहिलो, सुदूरपश्चिम दोस्रो, नेपाल पुलिस तेस्रो र लुम्बिनी चौथो स्थानमा छन्। ६ खेल खेलेको आर्मीको ११, सात खेल खेलेको सुदूरपश्चिमको १०, समान ६ खेल खेलेको पुलिस र लुम्बिनीको सात/सात अंक छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.